३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘एके ४७’ हतियारसहित चक्रे मिलनका सहयोगी पक्राउ

‘एके ४७’ हतियारसहित चक्रे मिलनका सहयोगी पक्राउ
प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ अर्थात चक्रे मिलनका सहयोगी गणेशबहादुर बोगटी ‘एके ४७’ हतियारसहित पक्राउ परेका छन् ।

चक्रे मिलन नेपालगञ्ज गएको बेला उनलाई ‘एके ४७’ हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि बोगटीलाई प्रहरीले पक्राउ गरेको हो । बैजनाथ गाउँपालिका, नौबस्ता निवासी बोगटीको साथबाट प्रहरीले घातक हतियारसमेत बरामद गरेको बताइएको छ ।

बोगटीले जिल्ला प्रशासन कार्यालय बाँकेबाट लाइसेन्स लिएको तर उक्त हतियार के प्रयोजनका लागि र कहिले लिएका थिए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

नेकपा ९एमाले० मा रहेका चक्रे मिलन युवा संघको महाधिवेशनमा भाग लिन नेपालगञ्ज पुगेको बेला नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएको बेला बोगटीले चक्रे मिलनलाई हतियारसहित स्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो ।

चक्रे मिलन काठमाडौं उपत्यकाको पुरानो गुण्डा नाइके हुन् । २०६२/०६३ को जनआन्दोलनपछि ठमेलमा दीपक मनाङे, महाराजगञ्जमा चक्रे मिलन र चाबहिलमा राजु गोर्खालीको दबदबा थियो ।

दीपक मनाङेमार्फत रेस्टुराँको बाउन्सर हुँदै ठेक्कापट्टामा लागेर गुण्डागर्दीमा छिरेका गणेश लामाको समूहले २०६१ सालमा पानीपोखरीको चुफाङ रेष्टुराँमा चक्रे मिलनको हात छिनाइदिएको थियो । पछिल्लो दशकमा प्रहरीले गुण्डागर्दीमा संलग्नविरुद्ध आक्रामक नीति लिएसँगै उनीहरुले राजनीतिक आड लिन पुगेका थिए ।

मनाङे गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएर मन्त्री समेत बनिसकेका छन् । गणेश लामा सत्तारुद्ध नेपाली कांग्रेसमा छन् ।