२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनबर्हालीको माग गर्दै निलम्बित गण्डकी प्रदेश सांसद कृष्ण थापा पुनः सर्वोच्च पुगे



अ+ अ-

पोखरा । पुनबर्हालीको माग गर्दै गण्डकी प्रदेशका प्रदेश सभा सदस्यबाट निलम्बित भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पुनः सर्वोच्च अदालत पुगेका छन् । 

सर्वोच्चमा उनले दोस्रोपटम निवेदन पेश गरेका हुन् । उनको रिट न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेशी रहेको छ। 

रिटमा आजै सुनुवाइ हुँदैछ।  न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले यसअघि जारी गरेको अन्तरिम खारेज गरेको थियो। 

यस्तै न्यायाधीश कुमार चुडालको इजलासले जेठ २३ गते  थापाको पद पुनर्बहाली गरेको थियो । 

तर, विपक्षी गठबन्धनलाई सहयोग नगरेको भन्दै उनलाई पार्टीले कारबाही गरेको थियो । उनको पद जोगिएपनि पुनः उनी पार्टीको कारबाहीमा परेका हुन् ।