२८ आश्विन २०८१, सोमबार
,
Latest
घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोनाको नयाँ प्रजाती फेला, बढी संक्रामक र सबै उमेर समूहकालाई असर पार्ने



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ प्रजातिको परिवर्तित रूप फेला परेको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै अहिले देखिएका नयाँ प्रजातीका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने भएको भन्दै थप सचेतता अपनाउन अपिल गरेको छ ।

गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये परीक्षण गर्दा ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी.१.६१७.२, एउटा नमूनामा अल्फा भेरियन्ट भेटिएको मन्त्रालयले जानकारी दिएको छ । 

डेल्टा भेरीयन्ट पुष्टी भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन एवाई. १ भनिने के१४१७एन म्युटेसन भेटिएको हो ।

मन्त्रालयका अनुसार हालसम्म यो प्रजाती नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भएको छ ।