२२ असार २०८३, सोमबार
,
Latest
विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोनाको नयाँ प्रजाती फेला, बढी संक्रामक र सबै उमेर समूहकालाई असर पार्ने



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ प्रजातिको परिवर्तित रूप फेला परेको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै अहिले देखिएका नयाँ प्रजातीका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने भएको भन्दै थप सचेतता अपनाउन अपिल गरेको छ ।

गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये परीक्षण गर्दा ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी.१.६१७.२, एउटा नमूनामा अल्फा भेरियन्ट भेटिएको मन्त्रालयले जानकारी दिएको छ । 

डेल्टा भेरीयन्ट पुष्टी भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन एवाई. १ भनिने के१४१७एन म्युटेसन भेटिएको हो ।

मन्त्रालयका अनुसार हालसम्म यो प्रजाती नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भएको छ ।