२२ असार २०८३, सोमबार
,
Latest
विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु, आज शव फेला



अ+ अ-

झापा । माछा मार्ने क्रममा पोखरीमा आइतबार डुबेर वेपत्ता हुनुभएका अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय माइकल सोरेनको आज बिहान शव फेला परेको छ । 

अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाको घरमा कामदारका रुपमा बस्दै आउनुभएका सोरेन आइतबार माछापोखरीमा डुबेर वेपत्ता हुनुभएको थियो । 

नगरप्रमुखको घरदेखि २० मिटर पश्चिममा रहेको माछापोखरीमा माछा मार्ने क्रममा उहाँ बेपत्ता भएलगत्तै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले खोजी गरेको थियो । उहाँको शव उद्धार टोलीले आज बिहान मात्रै पोखरीमै फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो । 

सोरेनको शव परीक्षणका लागि मेची अस्पताल पठाइएको छ । उहाँ नगरप्रमुखको घरमा पाँच वर्षदेखि स–परिवार बस्दै आउनु भएको थियो । उहाँका श्रीमती, एक छोरी र दुई छोरा छन् । रासस