२८ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेल्टा भेरियन्टको परिवर्तित रुप फेला



अ+ अ-

काठमाडौं । नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नमूना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप k417N mutation देखिएको बताउनुभयो । यसलाई AY.1 नाम दिइएको छ । 

उहाँका अनुसार यो नेपालसहित विभिन्न १० देशमा देखिएको छ । मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका व्यक्तिबाट पिसीआर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको थियो । 

नेपालमा अहिलेसम्म अल्फा (B.1.1.7) र डेल्टा (B.1.617.2)  तथा कप्पा  (B.1.617.1) भेरियन्ट पुष्टि भएको छ । डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँले यसअघि पनि नेपालमा देखिएको यो डेल्टा भेरियन्टको नयाँ रुप मात्र रहेको बताउनुभयो । “यो नयाँ देखिएको भेटियन्ट होइन”, उहाँले भन्नुभयो, “यसअघि पनि देखिएको छ, तर यो अन्यभन्दा बढी सङ्क्रामक रहेको छ ।”

मन्त्रालयले डेल्टा भेरियन्टको नयाँ रुपको सङ्क्रमण रोक्नका लागि सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि अपिल गरेको छ । रासस