२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न एकार्कालाई सहयोग गरौँ : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपाय खोजिरहेको बताउनुभएको छ । अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले आज बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँगको छलफलमा उहाँले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले नै यो बैठकको आयोजना गरेको हुँ । अर्थतन्त्रमा देखापरेको दबाबलाई कम गर्न लगातार छलफलमा छौँ । बैंकको ब्याजदर घटाउने उपाय खोजिरहेका छौँ । हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ ।” विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महसुस भएको र अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको जनाउँदै उहाँले बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिसँग बृहत् छलफल गर्नेबारेमा आफूले सोचिरहेको बताउनुभयो ।

“हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दबाबलाई सकारात्मक दिशामा लैजान सक्छौँ”, उहाँले भन्नुभयो ।

अर्थतन्त्रमा सङ्कट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार छन् भन्दै प्रधानमन्त्री दाहालले भूकम्प, कोभिड, रूस र युक्रेनको युद्ध लगायतका कारण पनि रहेका बताउनुभयो । सरकार राजस्व सङ्कलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागिपरेको उहाँको भनाइ थियो ।

“अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदैछौँ । घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौँ । त्यसकारण यसमा पनि हामी छिट्टै निष्कर्षमा पुग्छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने तर तिर्दिनँ भन्नेलाई छाड्न नसकिने उल्लेख गर्दै उहाँले त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन नसकिने बताउनुभयो । “हूलहुज्जतको सहज सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ”, उहाँले भन्नुभयो ।

छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृतलगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिले बैंक र कर्मचारीको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताउनुभयो । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महत, मुख्यसचिव शङ्करदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम रायलगायत सहभागी हुनुहुन्थ्यो ।रासस