१३ आश्विन २०८१, आईतवार
,
Latest
समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिसु मनाउन घर फर्किनेको नाकामा लर्को



फाईल फोटो
अ+ अ-

वेदकोट । बिसु पर्व मनाउन भारतबाट घर फर्किनेको पश्चिमी सीमा नाका गड्डाचौकीमा लर्को लागेको छ । बिसु पर्व नजिकिएसँगै रोजगारीका लागि भारतको विभिन्न ठाउँमा रहेका सुदूरपश्चिमका बासिन्दा घर फर्किन थालेका हुन् ।

पछिल्लो केही दिनयता पश्चिमी सीमा नाका गड्डाचौकीमा घर फर्किने नेपालीको लर्को लाग्ने गरेको छ । दैनिक एक हजारको हाराहारीमा मानिस स्वदेश भित्रिरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक देवसिंह बुडालले बताउनुभयो । “पछिल्लो केही दिनयता गड्डाचौकी भएर स्वदेश फर्किनेको सङ्ख्या बढेको छ, दैनिक एक हजारको हाराहारीमा मानिस यो नाका भएर स्वेदश फिर्ता भइरहेका छन्”, उहाँले भन्नुभयो, “बिहान बेलुका नाकामा भारतबाट घर फर्किनेको भीड लाग्ने गरेको छ ।”

सुदूरपश्चिममा नव वर्षलाई ‘बिसु’ पर्वका रूपमा निकै हर्षोल्लासका साथ मनाउने गरिन्छ । पर्व नजिकिएसँगै तयारी स्वरूप ग्रामीण क्षेत्रका बासिन्दा आफ्नो घर लिपपोत गर्न व्यस्त छन् । रोजगारीको सिलसिलामा देश तथा विदेशमा रहेका मानिस खर्च जोहो गरेर बिसुका लागि घर फर्किरहेका हुन् । भारतमा मजदुरी गरेर बिसु मनाउन घर फर्किएको मोहन जोशीले बताउनुभयो । “स्वदेशमा केही काम पाइँदैन, त्यसैले जीविकोपार्जनका लागि भारत जानुपर्छ”, उहाँले भन्नुभयो, “चाडबाडका लागि घर खर्च जोहो गरेर फर्किएँ, चाडबाड मनाएर फेरि भारततिरै जान्छु ।”

चाडबाडका साथै खेती भित्र्याउने बेला पनि भएकाले अहिले भारतबाट मानिस स्वदेश फर्किरहेको महेश कँुवरले बताउनुभयो । “यो समय गहुँ भित्र्याउने र चाडबाडको हो, खेतीपाती सकेर फुर्सदको बेला खर्च जोहो गर्न कामका लागि भारत गएको थिएँ”, उहाँले भन्नुभयो, “बाल बच्चालाई नयाँ लुगा कपडा र घर खर्चसहित फर्किएँ ।”

भारतमा रोजगारी गरी चाडपर्वको खर्च जुटाएर नेपाली झोलाझिम्टीसहित स्वदेश फर्किरहेका छन् । घर खर्च जोहो गर्न कामको खोजीमा सुदूरपश्चिम, कर्णालीलगायत क्षेत्रका नेपाली भारत जाने गरेका छन् ।

स्वदेशमा रोजगारीको अवसर नपाउँदा नेपाली नागरिक मजदुरीका लागि भारतको गढवाल, सिमला, चण्डीगढ, लद्दाख, जम्मु कश्मिर, दिल्लीलगायत स्थानमा जाने गर्छन् ।

भारतबाट फर्किने नेपालीले चाडबाडका बेलामा घर फर्कन पाएकोमा खुसी व्यक्त गरेका छन् । नयाँ वर्षको स्वागत र जाने वर्षको बिदाइस्वरुप मनाइने बिसु पर्वका लागि जन्मभूमि फर्कनेको लर्को लागेसँगै यहाँ चहलपहल पनि बढेको छ ।

वर्षभरिको कामको चटारोलाई बिर्सेर पर्वमा स्थानीय बासिन्दा रमाउने गर्दछन् । बिसु पर्वमा विष झार्ने भन्दै देवर–भाउजुबीच सिस्नो लगाएर रमाइलो गर्ने गरेको स्थानीय बूढापाकाको भनाइ छ । वैशाख १ गतेको दिन बिहान झिसमिसेमै उठेर आकाशका तारा हेरेमा वर्षभरि नै सर्प नदेखिने र सर्पले दु:ख नदिने जनविश्वास रही आएको छ । यस पर्वमा महिला माइती गएर आशिर्वाद थाप्ने चलन रहेको छ । रासस