२८ आश्विन २०८१, सोमबार
,
Latest
घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन लसुन टिप्न गएका एक बेपत्ता, चारको उद्धार



अ+ अ-

गोरखा । वन लसुन टिप्न गएका उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दीबासका एक व्यक्ति बेपत्ता भएका छन् । वन लसुन टिप्न गएका २४ वर्षीय सुरेन्द्र गुरुङ भीरबाट लडेर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

गत जेठ २६ गते गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ र लमजुङको सिमानामा पर्ने बौद्व हिमालमा वन लसुन टिप्न गएका गुरुङ हिजोदेखि बेपत्ता भएको प्रहरीको भनाइ छ । दिउँसो करीब ३ बजेतिर वन लसुन टिप्दै गर्दा गुरुङ एक्कासी भीरबाट खसेको जानकारी आएपछि प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।  

उहाँसँगै बेपत्ता भएका अन्य चार जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ । सल्लेरीका बाढी पीडितलाई राहत पु¥याउन गएको सिम्रिक एयरको हेलिकप्टरमार्फत चारै जनाको आज उद्धार गरिएको प्रनाउ दाहालले बताउनुभयो । उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको छ । 

उद्धार गरिएकामा धार्चे गाउँपालिका–४ लाप्राकका ३० वर्षका सुवास गुरुङ, चुमनुब्री गाउँपालिका–३ सिर्दीबासका ५० वर्षका धनप्रसाद गुरुङ, ४२ वर्षका तुलबहादुर गुरुङ र १८ वर्षका कान्छा गुरुङ रहेका छन् । मौसममा सुधार आउना साथ प्रहरीले बेपत्ता गुरुङको खोजी तीव्र पार्ने जनाएको छ । रासस