२२ असार २०८३, सोमबार
,
Latest
विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन लसुन टिप्न गएका एक बेपत्ता, चारको उद्धार



अ+ अ-

गोरखा । वन लसुन टिप्न गएका उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दीबासका एक व्यक्ति बेपत्ता भएका छन् । वन लसुन टिप्न गएका २४ वर्षीय सुरेन्द्र गुरुङ भीरबाट लडेर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

गत जेठ २६ गते गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ र लमजुङको सिमानामा पर्ने बौद्व हिमालमा वन लसुन टिप्न गएका गुरुङ हिजोदेखि बेपत्ता भएको प्रहरीको भनाइ छ । दिउँसो करीब ३ बजेतिर वन लसुन टिप्दै गर्दा गुरुङ एक्कासी भीरबाट खसेको जानकारी आएपछि प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।  

उहाँसँगै बेपत्ता भएका अन्य चार जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ । सल्लेरीका बाढी पीडितलाई राहत पु¥याउन गएको सिम्रिक एयरको हेलिकप्टरमार्फत चारै जनाको आज उद्धार गरिएको प्रनाउ दाहालले बताउनुभयो । उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको छ । 

उद्धार गरिएकामा धार्चे गाउँपालिका–४ लाप्राकका ३० वर्षका सुवास गुरुङ, चुमनुब्री गाउँपालिका–३ सिर्दीबासका ५० वर्षका धनप्रसाद गुरुङ, ४२ वर्षका तुलबहादुर गुरुङ र १८ वर्षका कान्छा गुरुङ रहेका छन् । मौसममा सुधार आउना साथ प्रहरीले बेपत्ता गुरुङको खोजी तीव्र पार्ने जनाएको छ । रासस