२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

युरो २०२० : आज रातिका डेनमार्क, बेल्जियम र नेदरल्यान्ड्सका खेल हेर्न लायक

युरो २०२० : आज रातिका डेनमार्क, बेल्जियम र नेदरल्यान्ड्सका खेल हेर्न लायक
अ अ+ अ-

युइएफए युरो २०२० अन्तर्गत सोमबार राति समूह चरणका चार वटा खेल हुँदैछन् । यी खेलहरुमध्ये ९.४५ बजे समूह सी अन्तर्गत युक्रेन र अस्ट्रिया तथा नेदरल्यान्ड्स र मेसेडोनियाबीच हुनेछ ।

त्यस्तै मध्यरात समूह बी अन्तर्गतका रसिया र डेनमार्क तथा फिनल्यान्ड र बेल्जियमबीच खेल हुनेछ ।

समूह सी
दुई दुई खेल खेलिसकेको अवस्थामा समूह सी मा नेदरल्यान्ड्स २ खेल जितेर ६ अंकका साथ नकआउट चरणमा प्रवेश गरिसकेको छ । त्यस्तै युक्रेन र अस्ट्रियाले एक जित र एक हारबाट समान ३ अंक बनाएर दोस्रो र तेस्रो स्थानमा छन् । मेसेडोनियाले भने दुबै खेल हारेर अंक विहीन अवस्थामा छ ।

अंक तालिका (समूह सी)
देश खेल संख्या अंक
नेदरल्यान्ड्स २ ६
युक्रेन २ ३
अस्ट्रिया २ ३
नर्थ मेसेडोनिया २ ०

 

एक पटक युरोकप जितिसकेको अस्ट्रियाले रसियालाई परास्त गर्न सके नकआउटमा प्रवेश गर्न सक्नेछ । युरोपेली च्याम्पियनसीपका ठूला प्रतियोगितामा युक्रेनले खासै राम्रो सफलता पाउन सकेको छैन । अस्ट्रियाले पछिल्ला युरो र विश्वकप गरी खेलेका १७ खेलमध्ये दुई वटामा मात्र विजय हासिल गरेको छ ।

यी दुईबीचको खेल रोमानीयाको बुखारेस्टमा हुँदैछ ।

समूह बी  

अर्कोतर्फ, रोमेलो लुकाकु, केभिन डी ब्रुएनजस्ता खेलाडीले भरिएको र उत्कृष्ट फर्ममा रहेको बेल्जियमले मध्यरातमा फिनल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यो समूहमा बेल्जियमले २ खेलबाट ६ अंक जोडेर तालिकामा पहिलो स्थानमा छ, र ऊ नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

तर बेल्जियम समूहका तीनै खेल जितेर समग्र समूहमा उत्कृष्ट हुने प्रयास गर्नेछ । फिनल्यान्डले २ खेलबाट एक जित र एक हार व्यहोर्दै ३ अंक बनाएको छ, र हाल तेस्रो स्थानमा छ ।

अंक तालिका (समूह बी)
देश खेल संख्या अंक
बेल्जियम २ ६
रसिया २ ३
फिनल्यान्ड २ ३
डेनमार्क २ ०

 

खासगरी समूहमा ३ अंकका साथ दोस्रो स्थानमा रहेको रसिया र डेनमार्कको स्थिति निकै संवेदनशील छ । डेनमार्कले खेलेका दुबै खेलमा पराजय भोगे पनि निकै स्तरीय खेल कौशल देखाएको छ । त्यही क्रम आज आफ्नै गृहमैदानमा दोहोरिए डेनमार्कले रसियालाई परास्त गर्न सक्नेछ ।

डेनमार्कलाई नकआउट चरणमा छनौट हुन आफूले जितेर मात्र पुग्दैन, बेल्जियमले फिनल्यान्डलाई पराजित पनि गर्नु पर्नेछ । आफ्ना विश्वस्तरीय खेलाडी क्रिस्टिएन एरिक्सन मैदानमै ढलेर सख्त बिरामी भएर पहिलो खेलबाटै विदा भएपछि डेनमार्कको टोली दबाबमा छ ।

***