२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकको ५०औँ एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा



अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको सिरानचोक गाँउपालिका वडा नं ५, चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा रहनेगरी यस एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो बैंकको ५०औँ एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका सञ्चालक समितिको सदस्य रामजी रेग्मीले गरेका छन् ।

“सबैका लागि बैंक” भन्ने नाराका साथ २८ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।