८ श्रावण २०८३, शुक्रबार
,
Latest
बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔँ: अर्थमन्त्री वाग्ले कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन् : सञ्चारमन्त्री डा. तिमिल्सिना वैदेशिक रोजगारीमा जाँदा श्रमिकले चर्को ऋण लिनुपर्ने बाध्यताको अन्त्य गर्दै व्यवहारिक नीति लागु गरिने: मन्त्री… झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन खैरो हेरोइनसहित चार जना पक्राउ सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चनले चिकित्सकको सल्लाहविरुद्ध विज्ञापनमा खेलेको खुलासा



अ+ अ-

एजेन्सी । हैदरावादमा ‘प्रोजेक्ट के’ को सेटमा घाइते भएपछि बलिउड दिग्गज अभिनेता अमिताभ बच्चन बेड रेस्टमा छन् । हालै उनका एक नजिकका साथीले उनको स्वास्थ्यको बारेमा मिडियालाई जानकारी दिएका छन् ।

उनले डाक्टरको सल्लाह विरुद्ध अमिताभ बच्चनले करिब एक साताअघि विज्ञापन खिचेको बताए । यस क्रममा अमिताभ चोटपछि पहिलो पटक घरबाट बाहिर निस्केका थिए ।

चोटपछि अमिताभलाई पूर्ण आराम गर्न सल्लाह दिइएको थियो । आईटाईम्सको रिपोर्ट अनुसार अमिताभ बच्चनले विज्ञापन शूट गर्ने प्रतिबद्धता जनाएका थिए । तर, सुटिङमा ढिलाइका कारण आफू निको नभए पनि अमिताभले सुटिङ जारी राखे ।

हैदरावादमा फिल्म ‘प्रोजेक्ट के’ को सुटिङका ​​क्रममा अमिताभ बच्चन घाइते भएका थिए । उनको करङ भाँचिएको थियो र मांसपेशीमा पनि समस्या आएको थियो ।

उनका नजिकका साथीका अनुसार अमिताभ बच्चन जतिसक्दो चाँडो निको हुन चाहन्छन् तर उनको रिकभरी प्रक्रिया निकै सुस्त रहेको छ । यस्तो अवस्थामा उनले बढी धपडी र जोखिम लिनबाट जोगिनु पर्छ ।