११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

महाकालीको क्षति रोक्न सक्रियता

महाकालीको क्षति रोक्न सक्रियता
file photo
अ अ+ अ-

दार्चुला । सदरमुकाम खलङ्गामा तीन दिनसम्म निरन्तर महाकाली नदीमा पानीको बहाव बढ्यो । महाकाली नदीको सतह बढेर झण्डै सात मिटर उचाइसम्म पुग्यो । नदीको सतह बढ्दै जाँदा सदरमुकाम खलङ्गाको तटबन्धमा क्षति गरेर बजारमा समस्या हुने हो कि भन्ने धेरैमा चिन्ता थियो । स्वयं नदी नियन्त्रण अयोजनालाई तटबन्ध निर्माणाधीन क्षेत्रबाट नदी पसेर क्षति हुने हो कि भन्ने डर थियो ।

नदीको बहाव जुन क्षेत्रबाट तटबन्धमाथि पस्न थाल्यो, त्यही क्षेत्रमा बिहानदेखि अबेर रातिसम्म आयोजना प्रमुख शोभाकर पौडेलदेखि आयोजनामा कार्यरत सबै कर्मचारी निरन्तर खटिनुभयो । उहाँले निर्माण व्यवसायीलाई रातिसम्म काम गर्न लगाउनुभयो । त्यसका कारण सदरमुकाम खलङ्गाको बाङाबगड क्षेत्रमा जोखिम हुन पाएन् । सोमबारबाट नदीको बहाव पनि कम हुँदै गएको छ ।  

आयोजना प्रमुख पौडेल भन्नुहुन्छ, “बाङाबगडको दुई ठाउँमा नदी पस्ने चिन्ता थियो, यो ठाउँमा सुरक्षित राख्न सकियो, नदीको बहाव तटबन्ध माथि आउन क्षेत्रमा राति नै बालुवाको बोरा राखेर नदीको बहाव छेकियो, निरन्तर मजदूर र कर्मचारी परिचालन गरेर नदीको तत्कालीन बहाव कम गर्न सकिएको हो ।”

अहिलेसम्मको अवस्थामा नदीले बगाउने र तटबन्ध भत्काउन सक्ने अवस्था नरहेको पौडले भन्नुहुन्छ । सदरमुकाम खलङ्गाको साढे चार किलोमिटर क्षेत्रफलमा पक्की तटबन्ध बनाइएको छ । विसं २०७० असारमा आएको बाढीपछि तटबन्ध निर्माण गरिएको हो । रु तीन अर्ब पाँच करोड लागतमा रेटलिङसहितका तटबन्ध निर्माण भएपछि तीन टुक्रामा विभाजित भएको खलङ्गा बजार अहिले सुरक्षित छ । 

सो तटबन्धका कारण सदरमुकाम खलङ्गामा अहिलेको बाढीले असर गर्न नसकेको आयोजना प्रमुख पौडेल बताउनुहुन्छ । “हामीलाई खोतीलाको पहिरो आयो भने असर गर्छ कि जस्तो लागेको थियो”, उहाँले भन्नुभयो, “तर अहिले भारततिर पनि नदीले कटान गरेका कारण क्षति नेपालतिर कम हुँदै गएको छ, दीर्घकालीन समाधानका लागि नदी कटान क्षेत्रमा पक्की तटबन्ध संरचना आवश्यक छ ।” अहिले नदी नियन्त्रण आयोजनाले व्यासको सितापुलदेखि लेकमको लालीसम्मका विभिन्न क्षेत्रमा ग्याबीन जाली राखेर तटबन्ध निर्माण गरिरहेको छ । यस्तै आयोजनाले नौगाड गाउँपालिका, शैल्यशिखर नगरपालिका, अपि हिमाल गाउँपालिकालगायत क्षेत्रमा तटबन्धको काम गरिरहेको छ । 

नेपालको जस्तो पक्की तटबन्ध बनाउनुपर्ने माग

नेपालमा बनेको पक्की तटबन्धका कारण यस वर्ष सदरमुकाम खलङ्गामा बाढीले क्षति गरेको छैन । यही महाकाली नदीले भारतीय बजार धारचुलाका विभिन्न ठाउँमा कटान गर्न थालेपछि धारचुलामा पनि नेपालकै जस्तो पक्की तटबन्ध बनाउनुपर्ने माग उठेको छ । 

नेपालको जस्तो पक्की मजदुत बनाए मात्रै धारचुला सुरक्षित हुने भन्दै उनीहरुले भारतपट्टी पक्की तटबन्ध बनाउनुपर्ने आवाज उठाएका छन् । अहिले नेपालको पक्की तटबन्धका कारण नदीको बहाव भारततिर पर्न गएको उनीहरुको बुझाइ छ ।

भारतले नेपालको भन्दा पहिले नै पार्कको नाममा तटबन्ध बनाउन शुरु गरेको भए पनि उनीहरुले निर्माण गरेको तटबन्ध कम गुणस्तरणको भएको भारतीय व्यापारीको आरोप छ । उनीहरुको तटबन्ध एक वर्षसम्म पनि टिक्न नसकेको व्यापारीको भनाइ छ ।

भारतीय व्यापार सङ्घका अध्यक्ष भुपेन्द्रसिह थापा, रङ कलण संस्थाका अध्यक्ष कृष्ण गव्र्याल र पूर्व नगरपालिका अध्यक्ष अशोक नवियाल लगायतले भारतीय बजार धारचुलामा पनि नेपालकै जस्तै पक्की तटबन्ध बनाउनुपर्ने माग उठाउनुभएको छ । 

उहाँहरुले भारतीय एसडिएम अनिलकुमार शुक्लालाई नदी निरीक्षणको क्रममा आगामी दिनमा तटबन्ध निर्माणका क्रममा नेपालको जस्तो पक्की संरचना बनाउन आग्रह गरेको बताइएको छ । – नरेन्द्रसिह कार्की