२२ असार २०८३, सोमबार
,
Latest
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता… सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप संस्थापन इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने प्रतिबद्धता पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमा खाल्डो खनेर अवरोध पुर्याएपछि मेचीनगरवासी आक्रोशित



अ+ अ-

झापा । भद्रपुर नगरपालिकाले मेचीनगरको गोकुलमार्गमा खाल्डो खनेर अवरोध पुर्याएपछि मेचीनगरवासी आक्रोशित भएका छन् ।

पूर्वीनाका काँकडभिट्टाबाट भद्रपुरको मेची अस्पताल, मेची बहुमुखी क्याम्पस र चन्द्रगढी विमानस्थल पुग्ने सबैभन्दा छोटो बाटोको रुपमा स्तरोन्नति भइरहेको गोकुलमार्गमा भद्रपुर नगरपालिकाले स्काभेटरमार्फत ठूला ठूला खाल्डो खनेर आवागमन बन्द गराएपछि उनीहरु आक्रोशित भएका हुन् । 

मेचीनगर नगरपालिका-१५ र भद्रपुर नगरपालिका-९ को सिमानास्थित हँडिया खोलामा हालै पक्की पुल बनेको छ । चलनचल्तीको सडकमा खाल्डो खनेर अवरोध पुर्याइएपछि मेचीनगरबाट भद्रपुरतर्फ एम्बुलेन्स, निजी सवारी साधन र कलकारखानाका कच्चा सामान बोकेको मालबाहक गाडीहरु खोलाको किनारै किनार उत्तरतिर करीव ९०० मिटर घुमाउरो बाटो भएर जान बाध्य भएको मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराईले जानकारी दिनुभयो ।

“भद्रपुर नगरपालिकाका प्रमुखलाई भेटेर धेरैपटक सीधा बाटोमा अवरोध नगरिदिनुहोस् भनेर ध्यानाकर्षण गराइसक्यौं,” वडाध्यक्ष भट्टराईले भन्नुभयो, “हाम्रो कुरा उहाँले सुन्नै मान्नुभएन । सार्वजनिक बाटोमा अवरोध पुर्याउनु अन्याय हो ।”

भद्रपुर नगरपालिकाले साविकको सडकबाट पुल दक्षिण सारेर बनाइएको हुँदा समस्या आएको जनाएको छ । पुलको मुखबाट उत्तरतिर मोडिएको घुमाउरो बाटो नै प्रयोग गर्न भद्रपुरले मेचीनगरलाई आग्रह गरिरहेको छ । तर मेचीनगरवासीले वर्षौदेखि प्रयोग गर्दै आएको सडकबाट नै आवतजावत गर्न पाउनुपर्ने माग गरिरहेका छन् । 

हाल विवाद रहेको सडक भद्रपुर नगरपालिकाले निर्माण गरिरहेको साइन्स सिटी (पर्यटकीय क्षेत्र) को जग्गामा पर्छ । साइन्स सिटीबाट सडक दिन नसकिने जनाउँदै भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उत्तरतिरको घुमाउरो बाटो नै प्रयोग गरिनुपर्ने बताउनुभयो । 

“साइन्स सिटीको बीचबाट हामीले बाटो दिन सक्दैनौं,” उहाँले भन्नुभयो, “उहाँहरु अलिकति घुमेर जाँदा के फरक पर्छ र रु” बरु घुमाउरो बाटोलाई फराकिलो र स्तरीय बनाइदिन आफूहरु तयार रहेको उहाँको भनाइ छ । रासस




भर्खरै