२२ असार २०८३, सोमबार
,
Latest
विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेम्बेलेले युरो कपका सबै खेल गुमाउने



अ+ अ-

एजेन्सी । फ्रान्स फुटबल टिमका फरवार्ड उसमान डेम्बेलेले युरो कपका बाँकी खेलहरु गुमाउने भएका छन् । 

चोटका कारण उनी यस युरो कपबाट बाहिरिएका हुन् । फ्रान्सेली फुटबल महासंघले सोमबार डेम्बेले युरो कपबाट बाहिरिएको बताउँदै उपाधिको महत्वकांक्षामा धक्का लागेको उल्लेख गरेको छ ।

शनिबार समूह एफमा फ्रान्सले हंगेरीसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । सो खेलमा डेम्बेले दोस्रो हाफमा मैदान छिरेका थिए । उनले मैदान छिर्ने बित्तिकै चोट बोके । घुँडामा चोट बोक्दै उनी खेल्न नसक्ने भएका थिए ।

प्रशिक्षक डेसचेम्पसंग अझै आक्रमण गर्ने खेलाडीको विकल्प छ । एन्टोनी ग्रिजम्यानदेखि करिम बेन्जिमा, केलियन एम्बाप्पे फ्रान्सेली टिममा छन् । यस्तै ओलिभर जिराउड, किंग्सले कोम्यान र विसाम विन यदर टिममा समावेश रहेकाले डेम्बेलेको अनुपस्थितीले फ्रान्समा त्यती क्षति पुग्ने देखिँदैन । 

फ्रान्स समूह एफमा ४ अंक सहित शीर्षस्थानमा छ । उसले समूह चरणको अन्तिम खेलमा बुधबार पोर्चुगलसँग खेल्दैछ ।