२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरीमा डुबेर एक बालकको मृत्यु



symbolic picture
अ+ अ-

झिमरुक । प्युठानमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जिल्लाको झिमरुक गाउँपालिका–६ तोरवाङका बसन्त केसीका दुई वर्षीय छोरा यमन केसी रहेको प्रहरीले जनाएको छ । 

घर नजिकैको पोखरीमा आज बिहान डुबेर अचेत हुनुभएका बालक यमनको प्युठान अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिनुभयो । रासस