११ माघ २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देख्दैमा आश्चर्य लाग्ने विश्वका अनौठा रुखहरु



Dragon’s Blood Tree, Canarian Islands,
अ+ अ-

एजेन्सी । मानव जीवनमा रुख र बिरुवाको ठूलो महत्व छ । रुखको सहाराले मात्र मानिसले हावा, वर्षा र खाना पाउँछ । तिनीहरूले वातावरण संरक्षण र सफा राख्न धेरै महत्त्वपूर्ण भूमिका खेल्छन् । रुख र बोटबिना मानव जीवनको परिकल्पना गर्न सकिँदैन ।

संसारमा धेरै प्रकारका रूख र बिरुवाहरू पाइन्छ । तिनीहरू आकार र सौन्दर्यमा एक अर्काबाट पूर्ण रूपमा भिन्न छन् । तर केही रूखहरू र बिरुवाहरू अनौठो पनि छन् । यसका साथै धेरै रुखहरूमा विशेष गुणहरू पनि पाइन्छ ।

हामीमध्ये धेरैलाई रूखहरूप्रति ठूलो लगाव छ । पृथ्वीमा यस्ता धेरै रूखहरू छन्, जसको बारेमा तपाईलाई थाहा छैन । यी रूखहरू यति अनौठो छन् कि जसलाई हेर्न टाढा–टाढाबाट संसारका धेरै मानिसहरू आउँछन् ।

ड्रागन ट्री

ड्रागन ट्री धेरै अनौठो देखिन्छ । यो रुखको आकार केही हदसम्म वर्षा र घाममा प्रयोग हुने छाताजस्तै हुन्छ । यो रुख क्यानरी टापुमा पाइन्छ । क्यानरी आइल्याण्ड बाहेक मेक्सिकोका केही क्षेत्रमा पनि यो रुख पाइन्छ । यस रुखको उमेर ६५० देखि १००० वर्षको बीचमा हुन्छ ।

सिल्क कटन ट्री


यो रूख कम्बोडियामा पाइन्छ । यसमा धेरै विशेषताहरू पाइन्छन् । यस रूखमा अनगिन्ती जराहरू छन्, जसले वरपरका सबै चीजहरूलाई बाँध्छ । यो रूख संसारको सबैभन्दा अनौठो रूख मध्ये एक हो ।

बाओबाब ट्री


यो रुख अफ्रिकाबाट छुट्टिएको मेडागास्करमा पाइन्छ । यहाँ विभिन्न आकार र प्रकारका बाओबाब रूखहरू देख्न सकिन्छ । कतिपयले यी रुखहरू करिब १००० वर्ष पुरानो भएको विश्वास गर्छन् । यो १६ फिट देखि ९८ फिट सम्म अग्लो हुन सक्छ । यी रूखहरू हेर्न संसारभरका मानिसहरू मेडागास्कर आउँछन् ।

ग्रेट सिकुआ ट्री


ग्रेट सिकुआ ट्री पृथ्वीमा सबैभन्दा ठूलो रूख हो । यो लगभग २७५ फिट अग्लो छ । यसको अग्लो उचाइ र विचित्र आकारले मानिसहरूलाई यसतर्फ आकर्षित गर्छ । धेरै मानिसहरू विश्वास गर्छन् कि यो रूख लगभग २३००–२७०० वर्ष पुरानो रहेको छ ।