२८ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा विवादः निर्वाचन आयोगद्वारा ठाकुर पक्षसँग लिखित जवाफ माग



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को  अध्यक्ष उपेन्द्र यादवको दावीबारे अर्का अध्यक्ष महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको छ ।

यादव पक्षले असार ४ गते  केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित आधिकारिकतासम्बन्धी विवाद निरुपण गरिपाउँ भनी निर्वाचन आयोगमा पत्र पेश गरेका थिए । 

आयोगको बैठकले यादव पक्षका दावीको विषयमा लिखित जवाफ पेश गर्न महन्थ ठाकुर पक्षलाई १५ दिनको सूचना दिएको छ । 

यसअघि उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एक अर्को पक्षलाई कारबाही गरी दल दर्ता किताबमा रहेको विवरण सच्याउन दिएको निवेदनलाई आयोगले दुबै पक्षको दावी नपुग्ने भन्दै अस्वीकार गरेको थियो । 

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ (१) मा दलको आधिकारिकतासम्बन्धी विवाद भए पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिता दावी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको मितिले ३० दिनभित्र आयोगमा आधार र प्रमाणसहित दावी पेश गर्नुपर्ने व्यवस्था छ ।