• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने

त्रिचन्द्रमा स्ववियु निर्वाचन अनिश्चित: तालाबन्दीका कारण प्रक्रिया अगाडि बढेन



काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु )को निर्वाचन अझै अनिश्चित देखिएको छ ।

आज बिहान ९ देखि ११ बजेसम्म मनोनयन पत्र वितरणको लागि समय तोकिएपनि अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेपछि प्रक्रिया सुरु हुन नसकेको बताइएको छ ।

यसअघि पनि चैत ९ गते निर्वाचन हुने भनिएकोमा ४ गते नै निर्वाचन समितिको कार्यालयमा ताला लगाएपछि निर्वाचन स्थगित भएको थियो ।

चैत ३० गतेलाई मतदानको मिति तोकिएकोमा आज  मनोनयन पत्र दाखिलाको समय तय भएको थियो । तर, अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेपछि प्रक्रिया सुरु हुन सकेको छैन ।