२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारीको विषादी परीक्षणको निर्णय फिर्ता भएको छैन– गृहमन्त्री श्रेष्ठ



फाईल फोटो
अ+ अ-

चितवन । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयातित तरकारीको विषादी परीक्षण नगर्ने भनेर मन्त्रिपरिषदले निर्णय नगरेको बताएका छन् ।

प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले विषादी परीक्षणको विषय विषयगत समितिमा पठाइएको बताएका हुन् । उनले विषादी परीक्षणजस्तो महत्वपूर्ण विषयमा मन्त्रीहरुले मात्र निर्णय गर्न नमिल्ने भनेर विषयगत समितिमा पठाइएको जानकारी दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘मन्त्रिपरिषद्ले फिर्ता गरेको छैन । मन्त्रिपरिषद्ले त्यो विषय समितिमा पठाएको छ । यस्तो महत्वपूर्ण विषय मन्त्रीहरुले एकछिन आएर ल ठिक छ वा बेठिक छ भन्न मिल्दैन । सम्बन्धित समितिमा पठाउनु आवश्यक थियो । सम्बन्धित समितिले छलफल गरेर टुंगो लगाउँदैछ । त्यो छिटो हुन्छ।’

उपप्रधानमन्त्री श्रेष्ठले सीमा क्षेत्रबाट हुने तरकारी र पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताएका छन् । ‘जति हदसम्म अवैध आयातका कारणले गर्दा समस्या भएको छ त्यो पूरै समाधान गरिन्छ । त्यसबारे आवश्यक कडा निर्देशन गइसक्या छ’, उनले भने ।

यस्तै, श्रेष्ठले रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको अडियो प्रकरणबारेमा पनि अनुसन्धान हुने पनि बताएका छन् ।