• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

धवन ९९ रनमा नटआउट रहेपनि पञ्जावलाई जित दिलाउन सकेनन्, हैदरावादको पहिलो जित



एजेन्सी । नयाँ कप्तानका साथ खेलिरहेको सनराइजर्स हैदरावादले आईपीएल–२०२३ मा पहिलो जित हात पारेको छ । आइतबार भएको दोस्रो खेलमा हैदरावादले पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।

हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा एसआरएचले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनायो । जवाफमा हैदरावादले १७.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो ।

पञ्जावका कप्तान शिखर धवनले ६६ बलमा नटआउट ९९ रन बनाएर पञ्जाबलाई १४३ रनमा पुर्याए पनि हैदरावादका राहुल त्रिपाठीले ४८ बलमा ७४ रन बनाएर आफ्नो टोलीलाई जित दिलाए ।

पञ्जावले सुरुआत राम्रो गर्न सकेन । टोलीले शून्य रनमा ओपनर प्रभसिमरन सिंहको विकेट गुमाएको थियो । त्यसपछि टोलीलाई लगातार झट्का लागेको थियो । ८ ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन् । हैदरावादका बलरको सामना साम करन र शिखर धवनले मात्र गर्न सके । हैदरावादका मयंक मार्कण्डेले चार विकेट लिए । उमरान मलिक र मार्को जेन्सेनले समान २–२ विकेट लिए ।

जवाफमा हैदरावादले २७ रन मात्र बनाएको थियो कि ह्यारी ब्रुक आउट भए । उनलाई अर्शदीपले बोल्ड गरेका थिए । ह्यारी आउट भएपछि नम्बर ३ मा आएका राहुल त्रिपाठीले ४८ बलमा अविजित ७४ रन खेल्दै टोलीलाई जित दिलाए । त्रिपाठीले कप्तान एडेन मार्करामसँग ५२ बलमा अविजित १०० रनको साझेदारी गरे ।

१४४ रनको लक्ष्य पछ्याउँदा हैदरावादका ब्याट्सम्यानको सुरुवात सुस्त रह्यो । टोलीले पहिलो ६ ओभरमा ३४ रन बनाएर ह्यारी ब्रुकको विकेट गुमाएको थियो । उनलाई अर्शदीप सिंहले बोल्ड गरेका थिए ।

पञ्जावका शिखर धवनले आफ्नो करियरको ४९ औं अर्धशतक बनाए । उनले आफ्नो करियरको तेस्रो शतक बनाउन गुमाए । धवन ९९ रन बनाएर नटआउट रहे । धवन ९९ रन बनाएर अविजित रहने चौथो ब्याट्सम्यान बने । यसअघि सुरेश रैनाले सन् २०१३ मा सनराइजर्स हैदरावाद, २०१९ मा बेंगलुरुविरुद्ध क्रिस गेल, २०२१ मा दिल्लीविरुद्ध मयंक अग्रवालले शतक प्रहार गर्न चुकेका थिए । यसबाहेक २०१३ मा दिल्ली विरुद्ध विराट कोहली, २०१९ मा कोलकाता विरुद्ध पथवी शा, २०२० मा बेंगलुरुविरुद्ध इशान किशन, २०२० मा राजस्थानविरुद्ध क्रिस गेल र २०२२ मा हैदरावादविरुद्ध ऋतुराज गायकवाड ९९ रनमा आउट भएका थिए ।

हैदरावादका कप्तान एडेन मार्करामले टोलीमा ३ परिवर्तन गरेका थिए । आदिल राशिदको स्थानमा मयंक मार्कण्डे, अनमोलप्रीत सिंहको स्थानमा हेनरिक क्लासेन र फजलहक फारुकीको स्थानमा मार्को जान्सेनलाई खेलाइएको थियो । यसरी टिममा ३ जना दक्षिण अफ्रिकी खेलाडी जान्सेन, क्लासेन र मार्कराम खेले । चौथो विदेशी खेलाडी ह्यारी ब्रुक थिए ।

आजको खेलः रोयल च्यालेन्जर्स बैंगलोर भर्सेस लखनउ सुपरजायन्ट्स, साँझ ७ः४५ बजे