२२ असार २०८३, सोमबार
,
Latest
सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र महतोलाई सिंहदरबार प्रवेश निषेध, देशभरी नै प्रवेश निषेध गर्ने तयारी



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार निषेध गरिएको भन्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको छ । 

उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै नयाँ पार्टी, नेपालको नामबाट सोमबार सिंहदरबार दक्षिणगेटमा पर्चा टाँस गरिएको हो । पर्चामा लेखिएको छ – ‘नयाँ पार्टी, नेपालले दिएको समयसिमा भित्र आफु नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमशः देशभरी नै प्रवेश निषेध गरिनेछ । 

नयाँ पार्टी, नेपाल’ किन पर्चा टाँस गर्नुभयो भन्ने प्रश्नको जवाफ दिदैँ नयाँ पार्टी, नेपालको प्रवक्ता बताउने युवराज सफलले आफ्नो पार्टीले मन्त्री महतोलाई आफ्नो नागरिकता बारे स्पष्ट पार्न समयसिमा दिएको र मन्त्री महतोले स्पष्ट नपारेपछि उहाँलाई सिंहदरबार प्रवेश निषेधको पर्चा टाँसेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामीले जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई भन्यौ कि, तपाई नेपाली नागरिक होइन । तपाईको नागरिकता नक्कली छ । झुठो विवरण छ । यो नागरिकता तपाईले सात दिनभित्रमा त्यो नागरिकताको विषयमा स्पष्ट पार्नुस् भनेर हामीले उहाँलाई उहाँको नाममा सुचना जारी गरेका थियौँ । त्यो सुचनाको जवाफ दिनुपर्ने ठाउँमा उहाँले रवाफ दिनुभयो । त्यही भएर हामीले कथित विदेशी नागरिक राजेन्द्र महतोलाई नयाँ पार्टी नेपालले सिंहदरबार प्रवेश निषेध गर्ने र देशभरी निषेध गरी यिनको नागरिकता रद्द गरेर देश निकाला गर्ने योजना अन्र्तगत आज हामीले यो सुचना टाँस्नुपरेको हो । निषेध पत्र हामिले टाँस गरेका छौँ ।’

दक्षिण गेट परिसरमा दुई जना व्यक्ति आएर पर्चा टाँस गरेको देख्न सकिन्थो ।




भर्खरै