२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र महतोलाई सिंहदरबार प्रवेश निषेध, देशभरी नै प्रवेश निषेध गर्ने तयारी



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार निषेध गरिएको भन्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको छ । 

उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै नयाँ पार्टी, नेपालको नामबाट सोमबार सिंहदरबार दक्षिणगेटमा पर्चा टाँस गरिएको हो । पर्चामा लेखिएको छ – ‘नयाँ पार्टी, नेपालले दिएको समयसिमा भित्र आफु नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमशः देशभरी नै प्रवेश निषेध गरिनेछ । 

नयाँ पार्टी, नेपाल’ किन पर्चा टाँस गर्नुभयो भन्ने प्रश्नको जवाफ दिदैँ नयाँ पार्टी, नेपालको प्रवक्ता बताउने युवराज सफलले आफ्नो पार्टीले मन्त्री महतोलाई आफ्नो नागरिकता बारे स्पष्ट पार्न समयसिमा दिएको र मन्त्री महतोले स्पष्ट नपारेपछि उहाँलाई सिंहदरबार प्रवेश निषेधको पर्चा टाँसेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामीले जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई भन्यौ कि, तपाई नेपाली नागरिक होइन । तपाईको नागरिकता नक्कली छ । झुठो विवरण छ । यो नागरिकता तपाईले सात दिनभित्रमा त्यो नागरिकताको विषयमा स्पष्ट पार्नुस् भनेर हामीले उहाँलाई उहाँको नाममा सुचना जारी गरेका थियौँ । त्यो सुचनाको जवाफ दिनुपर्ने ठाउँमा उहाँले रवाफ दिनुभयो । त्यही भएर हामीले कथित विदेशी नागरिक राजेन्द्र महतोलाई नयाँ पार्टी नेपालले सिंहदरबार प्रवेश निषेध गर्ने र देशभरी निषेध गरी यिनको नागरिकता रद्द गरेर देश निकाला गर्ने योजना अन्र्तगत आज हामीले यो सुचना टाँस्नुपरेको हो । निषेध पत्र हामिले टाँस गरेका छौँ ।’

दक्षिण गेट परिसरमा दुई जना व्यक्ति आएर पर्चा टाँस गरेको देख्न सकिन्थो ।