३० आश्विन २०८१, बुधबार
,
Latest
डडेल्धुरा बस दुर्घटना: मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’ इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री कात्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूले घटाए ब्याजदर नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक विक्री दशैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल निश्चल बस्नेतले ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारे ‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’ जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता सवारी दुर्घटना गराई भागेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरिएका ११ मूर्तिसहित दुई पक्राउ



अ+ अ-

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका–९ का ४२ वर्षीय अङ्कित घिमिरे र गोकर्णेश्वर नगरपालिका–८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका–६ का ४६ वर्षीय रुपनायाण शाह रहेका छन् । 

उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको थियो ।  प्रहरीमा प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई मूर्तिसहित गएराति पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–६ कपनबाट आज एक किलो अवैध लागूऔषध गाँजा सहित दूई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध गाँजा सेवन तथा बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले प्लाष्टिकमा पोका पारी राखिएको अवस्थामा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसैबीच आज यहाँको तारकेश्वर नगरपालिका–१ साङ्ला छाप बस्ने धनकुटा नगरपालिका–१ घर भएका ३६ वर्षीय दीपक राई आफ्नै कोठाको बाटो खण्डमा मृत फेला परेका जनाइएको छ ।