२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुनलाई तोड्नुलाई गर्वको विषय बनाउँछौँ, जुन कुरा अनुचित हो : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड – १९ संक्रमणको कारण योगको महत्व झनै बढेको बताउनुभएको छ ।  

सोमबार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले कोभिड – १९ संक्रमणको अवस्थाका कारण योगको महत्व झनै बढेको बताउनुभएको हो । उहाँले व्यक्तिलाई शारिरिक र मानसिक रुपमा स्वस्थ बनाउनको लागि र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि योगको आवश्यकता भएको औल्याउदैँ जीवनलाई आशावादी बनाउन पनि योगको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘यतिबेला योगको असाधारण महत्व छ । कोभिड – १९ बाट यतिबेला व्यक्तिलाई स्वस्थ बनाउन, शारिरिक, मानसिक हिसाबले स्वस्थ राख्न, कुनै प्रकारले डिप्रेशनमा जान नदिन, मनोवैज्ञानिक उपचारदेखि लिएर शारिरिक उपचार, प्रतिरोधी क्षमताको विकास गर्न योग आवश्यक छ । आशावादीता जगाउन, जीवनलाई वस्तुपरक ढंगले जीवनको रुपमा हेर्न, बुझ्न योग जरुरी छ ।’

प्रधानमन्त्री ओलीले नेपालको संस्कृति र सभ्यता पतनको बाटोमा रहेको भन्दै आगामी पिढीलाई सभ्यता सिकाउनुपर्नेमा जोड दिनुभयो । असभ्यता बढको भन्दै त्यसलाई रोक्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘सांस्कृतिक अवपतन यो महामारीको रुपमा जुन फैलिएको छ, यसमा हामीले हाम्रो सिंगै समाजलाई सम्झाउन सकेनौं, हाम्रो नयाँ पिढीँलाई सम्झाउन सकेनौँ, अरुको नक्कल गर्ने नाममा आफ्नो सभ्यता, मर्यादा सबैकुरा भुल्छौँ । अनुशासनहिन, अराजक बन्छौँ । कानुनलाई तोड्नुलाई गर्वको विषय बनाउँछौँ । जुन अनुचित कुरा हो । त्यसबाट देशलाई मुक्त गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको लडाइँलाई बढीमा दुइ वर्ष भित्र पराजित गर्ने पनि बताउनुभयो ।