२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

कानुनलाई तोड्नुलाई गर्वको विषय बनाउँछौँ, जुन कुरा अनुचित हो : प्रधानमन्त्री ओली

कानुनलाई तोड्नुलाई गर्वको विषय बनाउँछौँ, जुन कुरा अनुचित हो :  प्रधानमन्त्री  ओली
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड – १९ संक्रमणको कारण योगको महत्व झनै बढेको बताउनुभएको छ ।  

सोमबार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले कोभिड – १९ संक्रमणको अवस्थाका कारण योगको महत्व झनै बढेको बताउनुभएको हो । उहाँले व्यक्तिलाई शारिरिक र मानसिक रुपमा स्वस्थ बनाउनको लागि र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि योगको आवश्यकता भएको औल्याउदैँ जीवनलाई आशावादी बनाउन पनि योगको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘यतिबेला योगको असाधारण महत्व छ । कोभिड – १९ बाट यतिबेला व्यक्तिलाई स्वस्थ बनाउन, शारिरिक, मानसिक हिसाबले स्वस्थ राख्न, कुनै प्रकारले डिप्रेशनमा जान नदिन, मनोवैज्ञानिक उपचारदेखि लिएर शारिरिक उपचार, प्रतिरोधी क्षमताको विकास गर्न योग आवश्यक छ । आशावादीता जगाउन, जीवनलाई वस्तुपरक ढंगले जीवनको रुपमा हेर्न, बुझ्न योग जरुरी छ ।’

प्रधानमन्त्री ओलीले नेपालको संस्कृति र सभ्यता पतनको बाटोमा रहेको भन्दै आगामी पिढीलाई सभ्यता सिकाउनुपर्नेमा जोड दिनुभयो । असभ्यता बढको भन्दै त्यसलाई रोक्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘सांस्कृतिक अवपतन यो महामारीको रुपमा जुन फैलिएको छ, यसमा हामीले हाम्रो सिंगै समाजलाई सम्झाउन सकेनौं, हाम्रो नयाँ पिढीँलाई सम्झाउन सकेनौँ, अरुको नक्कल गर्ने नाममा आफ्नो सभ्यता, मर्यादा सबैकुरा भुल्छौँ । अनुशासनहिन, अराजक बन्छौँ । कानुनलाई तोड्नुलाई गर्वको विषय बनाउँछौँ । जुन अनुचित कुरा हो । त्यसबाट देशलाई मुक्त गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको लडाइँलाई बढीमा दुइ वर्ष भित्र पराजित गर्ने पनि बताउनुभयो ।