२२ असार २०८३, सोमबार
,
Latest
आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० हेक्टर जंगल फडानी गरी ४ हजार कागतीको विरुवा रोपियो



अ+ अ-

बाँके । सिर्जना समुदायिक वन उपभोक्ता समितिले आफ्नो क्षेत्रमा पर्ने करिब १० हेक्टर जमिनमा ४ हजार कागती लगाएको छ । 

कोहलपुर नगरपालिका १२ रोहिणी खोला स्थित सृजना समुदायिक वनले १० हेक्टर जंगल फडानी गरी ४ हजार कागतीको विरुवा रोपेको छ । सृजना समुदायिक वनले यस क्षेत्रमा करिब २५ लाख लगानीमा मनोरञ्जनका लागि भ्यू टावर निर्माण गरेको छ । जंगल छेउमै भएकोले रमाउन आउने मानिसहरुलाई किरा, सर्प लगायत जनावरहरुको आक्रमण हुन सक्ने भन्दै समितिले भ्यू टावरको क्षेत्रमा तराई क्षेत्रमा नपाईने विरुवाहरु पनि लगाएको छ । कागती रोपाई गरेपछि जंगलका ठुला रुखहरुलाई हुर्कन र खाली जमिनको सदुपयोग भएको सिर्जना समुदायिक वनका अध्यक्ष दशरथ शर्मा पराजुलीले बताउनु भयो ।

गाँउका छेउमा रहेको जंगल सफा हुनुका साथ खाली जमिनलाई सदुपयोग गर्ने र स्थानीय बिपन्न परिवाहरुलाई रोजगारी मिल्ने तथा बैकल्पिक आर्थिक स्रोत बढ्ने भएकोले कागती रोपाई गरेको समितिका सदस्य महेन्द्र प्रसाद पौडेलले बताउनु भयो ।

कोहलपुर नगरपालिकाले हाल सम्म ६, ९ र १३ नम्वर वडाहरुलाई तरकारी पकेट क्षेत्रको रुपमा निर्माण गरिसकेको छ । यसै आर्थिक वर्ष देखि नगरपालिकाले नगर प्रमुख विशेष कार्यक्रम सञ्चालन समेत गर्ने भएको छ । नगरपालिकाले नगरमा भएका किसानहरुलाई कृषि र बैकपिक आय बारे निशुल्क परामर्श दिइरहेको छ ।  नगरपालिकाले नगरबासीहरुलाई फलफुलका विरुवा समेत वितरण गर्दै आएको कोहलपुर नगरपालिकाका कृषि शाखा प्रमुख चन्द लाल बुढाले बताउनु भयो ।

चालु आर्थिक बर्ष २०७६÷७७ मा सिर्जना समुदायिक वन उपभोक्ता समितिलाई छनोट गरि लागतको ५० प्रतिशत अनुदान र ४ हजार कागती उपलब्ध गराईएको छ । जसमा सुन कागती र कलम कागती रहेका छन् ।




भर्खरै