२८ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० हेक्टर जंगल फडानी गरी ४ हजार कागतीको विरुवा रोपियो



अ+ अ-

बाँके । सिर्जना समुदायिक वन उपभोक्ता समितिले आफ्नो क्षेत्रमा पर्ने करिब १० हेक्टर जमिनमा ४ हजार कागती लगाएको छ । 

कोहलपुर नगरपालिका १२ रोहिणी खोला स्थित सृजना समुदायिक वनले १० हेक्टर जंगल फडानी गरी ४ हजार कागतीको विरुवा रोपेको छ । सृजना समुदायिक वनले यस क्षेत्रमा करिब २५ लाख लगानीमा मनोरञ्जनका लागि भ्यू टावर निर्माण गरेको छ । जंगल छेउमै भएकोले रमाउन आउने मानिसहरुलाई किरा, सर्प लगायत जनावरहरुको आक्रमण हुन सक्ने भन्दै समितिले भ्यू टावरको क्षेत्रमा तराई क्षेत्रमा नपाईने विरुवाहरु पनि लगाएको छ । कागती रोपाई गरेपछि जंगलका ठुला रुखहरुलाई हुर्कन र खाली जमिनको सदुपयोग भएको सिर्जना समुदायिक वनका अध्यक्ष दशरथ शर्मा पराजुलीले बताउनु भयो ।

गाँउका छेउमा रहेको जंगल सफा हुनुका साथ खाली जमिनलाई सदुपयोग गर्ने र स्थानीय बिपन्न परिवाहरुलाई रोजगारी मिल्ने तथा बैकल्पिक आर्थिक स्रोत बढ्ने भएकोले कागती रोपाई गरेको समितिका सदस्य महेन्द्र प्रसाद पौडेलले बताउनु भयो ।

कोहलपुर नगरपालिकाले हाल सम्म ६, ९ र १३ नम्वर वडाहरुलाई तरकारी पकेट क्षेत्रको रुपमा निर्माण गरिसकेको छ । यसै आर्थिक वर्ष देखि नगरपालिकाले नगर प्रमुख विशेष कार्यक्रम सञ्चालन समेत गर्ने भएको छ । नगरपालिकाले नगरमा भएका किसानहरुलाई कृषि र बैकपिक आय बारे निशुल्क परामर्श दिइरहेको छ ।  नगरपालिकाले नगरबासीहरुलाई फलफुलका विरुवा समेत वितरण गर्दै आएको कोहलपुर नगरपालिकाका कृषि शाखा प्रमुख चन्द लाल बुढाले बताउनु भयो ।

चालु आर्थिक बर्ष २०७६÷७७ मा सिर्जना समुदायिक वन उपभोक्ता समितिलाई छनोट गरि लागतको ५० प्रतिशत अनुदान र ४ हजार कागती उपलब्ध गराईएको छ । जसमा सुन कागती र कलम कागती रहेका छन् ।