२२ असार २०८३, सोमबार
,
Latest
कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’ धुलिखेल–खावा सडकखण्डः रातका समयमा बन्द नगरिने खाद्य स्वच्छता र गुणस्तर पालना गर्न व्यवसायीलाई विभागको निर्देशन सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन ललितपुरमा युवतीमाथि सार्वजनिक रूपमा अश्लील हर्कत, पीडितकै भिडिओपछि आरोपीको खोजीमा प्रहरी सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्लबहाउसको आइकनमा नयाँ लुक, को हुन् उनी ?



अ+ अ-

काठमाडौं । पछिल्लो समय लोकप्रिय बनिरहेको सामाजिक सञ्जाल क्लब हाउसमा ब्राजिलकी सामाजिक अभियन्ता डन्डारा पागुको तस्वीर राखिएको छ । 

नयाँ आइकनमा देखिएकी डण्डारा विशेषगरी काला जातिका महिलाको पक्षमा आवाज उठाइरहेकी छन् । साथै उनी रंगभेद विरुद्धका विभिन्न अभियानमा क्रियाशील छिन् ।

यसअघि क्लब हाउसको एप आइकनमा एसियन अमेरिकन महिला ड्रु क्याटेओकाको तस्वीर थियो, जो भिजुअल आर्टिस्टसँगै प्रविधिज्ञ र सामाजिक अभियन्ता हुन् ।

एपले आफ्नो कभरमा फरक-फरक व्यक्तिको फोटो प्रयोग गर्ने गर्छ । ती व्यक्तिहरु अरु कोही नभएर क्लबहाउस एपकै प्रयोगकर्ता हुन् ।

आफ्नो ट्वीटर ह्यान्डलमा ट्वीट गर्दै क्लबहाउसले भनेको छ, “हरेक पटक एप अपडेट हुँदा हामी एपको आइकनलाई फरक देखाउने छौं । हाम्रा सदस्यहरुलाई सम्मान गर्ने यो एउटा तरिका हो ।”