२८ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दिनका लागि यातायात सेवा खुल्ला



अ+ अ-

कोलम्बो ।  श्रीलङ्कामा देशभरी लगाइएको यात्रा प्रतिवन्धको व्यवस्था तीन दिनका लागि हटाइएको छ ।  

सरकारी अधिकारीहरुले अस्थायी रुपमा यात्रा प्रतिवन्धको व्यवस्था हटाइएको सोमबार जानकारी दिएका हुन । 

देशव्यापी यात्रा प्रतिवन्ध फुकुवा भएसँगै श्रीलङ्का भित्र यात्रा गर्न खुल्ला भएको छ । श्रीलङ्कामा गत मेदेखि देशभित्र यात्रा गर्न प्रतिवन्ध लगाइएको थियो । 

कोरोनाभाइरस महामारी नियन्त्रण तथा व्यवस्थापन केन्द्रका प्रमुख तथा देशका प्रधानसेनापति शभेन्द्र सिल्भाले सिन्ह्वालाई दिएको जानकारी अनुसार सोमबारदेखि लागुहुने गरी तीन दिनका लागि यात्रा गर्न पाइने भएको हो । 

आफ्नो घरमा जान नपाएका वा अति महत्वपूर्ण कामका लागि आवत जावत गर्नुपर्ने बाध्यतामा रहेकाहरुलाई ध्यान दिएर तीन दिनका लागि खुल्ला गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

अत्यावश्यक कामका लागि हिड्नु पर्दा एउटा परिवारको दुई जना मात्रै हिड्न पाइने व्यवस्था गरिएको पनि प्रधानसेनापति सिल्भाले जानकारी दिनुभयो ।  

त्यसैगरी सरकार नियन्त्रीत कार्यालय तथा कम्पनीहरुलाई पनि सिमित व्यक्तिलाई मात्रै हिड्न पाइने व्यवस्था गरिएको उहाँको भनाइ छ । 

श्रीलङ्कामा कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको सङ्ख्या अझै पनि बढी रहेकाले पुरै खुल्ला गर्ने अवस्था नरहेको सरोकारवालाहरुको निश्कर्ष छ । 

अहिले हटाइएको यात्रा प्रतिवन्धात्मक व्यवस्था आगामी बुधबार रातीदेखि भने फेरि लागु हुने सरकारले निर्णय गरेको छ । 

श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार सुपरमार्केटहरुमा बढीमा २५ जना मात्रै जान पाउने र साना पसलहरुमा बढीमा ३ जना मात्रै जान पाउने व्यवस्था गरिएको छ ।