२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

नेपाल पक्ष नयाँ दल घोषणाको तयारीमा, कलम वा गोलाकार भित्रको अर्ध चन्द्रमा निर्वाचन चिन्ह

नेपाल पक्ष नयाँ दल घोषणाको तयारीमा, कलम वा गोलाकार भित्रको अर्ध चन्द्रमा निर्वाचन चिन्ह
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रतिनिधिसभा विघटन बारे सर्वोच्च अदालतको निर्णय आए लगत्तै नयाँ दल घोषणा गर्ने तयारी गरेको छ । 

नयाँदलका आफूहरु निकट व्यक्तिका नाममा तीन ओटा दल दर्ताका लागि आयोगमा निवेदन पेश भएको छ ।

नेपाल समूहका एक नेताका अनुसार केही दिन अघि दीक्षा ज्ञावलीको नाममा पनि नयाँ दल नेकपा लोकतान्त्रिक राख्दै दर्ताका लागि निवेदन दिइएको छ ।

जीवन राईको नेतृत्वमा यसअघि पनि एकीकृत नेकपा नामको दल आयोगमा दर्ताका लागि निवेदन दिइ सकिएको छ । नेकपा लोकतान्त्रिकको चुनाव चिन्हका लागि गोलाकार भित्रको अर्ध चन्द्रमा माग गरिएको छ ।

यसअघि पेश भएको एकीकृत नेकपाले भने कलम चिन्ह माग गरेको थियो । दुबै दलको विधान नेता भीम रावलले तयार गरेको जानकारी दिँदै ती नेताले भने, अब जो जो साथीहरु आउँछन् उनीहरुलाई लिएर अघि बढ्ने हो, ढुलमुले साथीहरु प्रति पनि विश्वास रहेन ।  

विघटित प्रतिनिधिसभाका २८ मध्ये १५ देखि १८ सांसदहरु आफूहरुको पक्षमा रहने जानकारी दिँदै ती नेताले भने, कर्णालीको विषयलाई लिएर माधव कुमार नेपालको दृष्टिकोण त्यही अनुसार  सार्वजनिक भएको हो ।

ती नेताका अनुसार नयाँ दल घोषणा सर्वोच्च अदालतको आदेशलाई कुर्ने कि अगाडि नै गर्ने भन्ने बारेमा सोमबार भएको नेपाल पक्षका नेताहरुले छलफलमा अदालतको निर्णयलाई कुर्ने सहमति बनेको छ । 

याे पनि पढ्नुहाेस्

पार्टी एकता भङ्ग हुने अवस्थामा पुग्यो: माधव नेपाल

छलफलमा सहभागी ती नेताले अगाडि भने,  कलम चिन्ह सहज हुने भएका कारण सम्भवतः नयाँ दलको निर्वाचन चिन्ह कलम नै हुन्छ होला  । ती नेताका अनुसार अब नेकपा एमालेमा रहने सम्भाबना सकियो, अध्यक्ष ओलीबाट पनि थुप्रै कमजोरी भयो, नेपालबाट पनि केही कमजोरी भयो तर तत्कालीन कमजोरी भन्दा पनि नवौं महाधिवेशनदेखि उहाँहरु बीच बढेको दुरी घट्न नसक्दा एमाले फेरि विभाजनको अवस्थामा पुग्यो ।

पछिल्लो पटक दुबै पक्षका दोस्रो पुस्ताका नेताहरुबीच कार्यदललाई सक्रिय बनाएर पार्टीलाई एकढिक्का बनाउने प्रयत्न भएपनि त्यसले मुर्तरुप लिन सकेको छैन ।