२२ असार २०८३, सोमबार
,
Latest
भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० : नेदरल्यान्ड्स र अस्ट्रिया नकआउट चरणमा प्रवेश



अ+ अ-

युइएफए युरो २०२० अन्तर्गत सोमबार राति भएको समूह सी अन्तर्गतको खेलमा नेदरल्यान्ड्स र अस्ट्रिया विजयी भएका छन् । यो जितसँगै समूहबाट नेदरल्यान्ड्स ९ अंक सहित पहिलो र अस्ट्रिया ६ अंक सहित दोस्रो भएर नकआउट चरणमा प्रवेश गरेका हुन् ।

आज सम्पन्न खेलमा नेदरल्यान्ड्सले नवप्रवेशी टोली नर्थ म्यासेडोनियालाई ३–० गोल अन्तरले पराजित गरेको थियो । नेदरल्यान्ड्सको यो लगातार तेस्रो जित हो ।

नेदरल्यान्ड्सका लागि मेम्फिस डिपेले २४ औं मिनेटमा पहिलो गोल गरेका थिए भने जर्जिन्हो विन्हाल्डमले ५१ र ५८ औं मिनेटमा दुई गोल गरेका थिए ।

नेदरल्यान्ड्ससँग पराजित मेसेडोनिया भने प्रतियोगितबाट बाहिरिएको छ ।

यसैगरी, समूह सी अन्तर्गतकै अर्को खेलमा अस्ट्रियाले युक्रेनलाई संघर्षपूर्ण खेलमा १–० गोल अन्तरले पराजित गरेको छ । अस्ट्रियाले गोल गर्ने केही सुन्दर मौका सिर्जना गरे पनि २१ औं मिनेटमा क्रिस्टोफ बमगार्टनरले गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।

दुबै टोलीका लागि यो खेल “गर या मर” को अवस्थामा थिए । खेलको अन्त्यसम्म नतिजा जुनसुकै टिमको पक्षमा जाने देखिए पनि अस्ट्रियाले डिफेन्स र आक्रमण दुबैमा राम्रो खेलेर युक्रेनलाई पराजित गरेको थियो ।

अंक तालिका (समूह सी)
देश खेल संख्या अंक
नेदरल्यान्ड्स
अस्ट्रिया
युक्रेन
नर्थ मेसेडोनिया

 

यो नतिजासँगै युक्रेन समूहमा तेस्रो भएको छ, तर प्रतियोगिताबाट बाहिरी सकेको छैन । समूह चरणमा तेस्रो हुनेमध्येका केही टिमले नकआउट चरणमा प्रवेश पाउने भएकाले युक्रेनले अन्य टोलीको अंक तालिका हेर्नु पर्ने हुन्छ ।

आजै राति समूह बी अन्तर्गतका रसिया र डेनमार्क तथा फिनल्यान्ड र बेल्जियमबीच राति १२.४५ बजे खेल हुनेछ ।




भर्खरै