२२ असार २०८३, सोमबार
,
Latest
सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० : डेनमार्क नाटकीय रुपमा नकआउट चरणमा प्रवेश, फिनल्यान्ड र रसिया हिस्स



अ+ अ-

युइएफए युरो २०२० अन्तर्गत सोमबार मध्यराति भएको समूह बी अन्तर्गतको खेलमा बेल्जियम र डेनमार्क विजयी भएका छन् । यो जितसँगै समूह बी बाट बेल्जियम ९ अंक सहित पहिलो र डेनमार्क ३ अंक सहित दोस्रो भएर नकआउट चरणमा प्रवेश गरेका हुन् ।

आज सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमको यो लगातार तेस्रो जित हो ।

बेल्जियमका लागि पहिलो गोल आत्मघाती गोलको रुपमा प्राप्त भएको थियो । फिनल्यान्डका गोलकिपर लुकास राडेकीले बल रोक्ने क्रममा हातमा लागेर गोलपोस्टभित्र छिरेको थियो । अर्को गोल रोमेलु लुकाकुले डिबक्सको मध्यभागबाट गरेको प्रहार फिनल्यान्डको डिफेन्डरको खुट्टामा हल्का छोएर गोलपोस्ट भित्र छिरेको थियो ।

तर डेनमार्क र रसियाबीचको खेल निकै प्रतिस्पर्धात्मक र रोचक बनेको थियो । डेनमार्कको घरेलु मैदानमा भएको यस खेलमा डेनमार्क र रसिया दुबैले तिब्र आक्रमण र प्रत्याक्रमण गरेका थिए । तर रसिया अन्ततः डेनमार्कसँग ४–१ को फराकिलो गोल अन्तरले पराजित भयो ।

यस खेलमा डेनमार्कका लागि मिक्केल डाम्सगार्डले डिबक्स बाहिरबाट सिधै गोलपोष्टको दायाँतर्फ गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि पछि डेनमार्क त्यतिमै रोकिएन ।

डेनमार्कका लागि युसुफ पाउलसेनले ५९, आन्द्रेस क्रिस्टेन्सेनले ७९ र जोकिम माहलेले ८२ औं मिनेटमा गोल गरेर आफ्नो टिमलाई नाटकीय जित दिलाए ।

रसियाका लागि एकमात्र गोल ७० औं मिनेटमा पेनाल्टी मार्फत भएको थियो । रसियाका आर्टिम जुबाले पेनाल्टीमा गोल गरेका थिए ।

यो नतिजासँगै समूह बी को नतिजा उलटफेर भएको छ । अंक तालिकामा पहिलो स्थानमा रहेको बेल्जियमले ३ खेलबाट ९ अंक बनाएको छ । तर बाँकी दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका डेनमार्क, फिनल्यान्ड र रसियाले समान ३–३ अंक बनाएका छन् ।

अंक तालिका (समूह बी)
देश खेल संख्या अंक
बेल्जियम
डेनमार्क
फिनल्यान्ड
रसिया

 

गोल भिन्नताका आधारमा दोस्रो स्थानमा डेनमार्क उक्लिएर नकआउट चरणमा प्रवेश गरेको हाे ।

 




भर्खरै