• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

लेखराजलाई भेटेपछि प्रधानमन्त्रीले भन्नुभयो– यो घरसँग मेरो ४० वर्षको सम्बन्ध छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी जानुभएका प्रधानमन्त्री गोदावारी नगरपालिका–१ अत्तरियास्थित भट्ट निवास पुग्नुभएको हो ।

भट्टको घरबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले भट्ट निवाससँग आफ्नो ४० बर्ष लामो सम्बन्ध रहेको बताउनुभयो । ‘यो घर मेरो पनि हो । यहाँ मेरो एउटा कोठा छ । सधैँ आएर बस्ने खाने, यो घरसँग मेरो ४० वर्षसँगको सम्बन्ध छ । सामान्य विषयमा कुराकानी हुने नै भयो । अरु त्यस्तो कुनै एजेण्डामा कुराकानी भएन।’, प्रधानमन्त्रीले भन्नुभयो ।

पूर्वमाओवादी धारका नेता भट्ट नेकपा विभाजनपछि एमालेमा बस्नुभएको थियो । उहाँले पनि प्रधानमन्त्री प्रचण्डसँग आफ्नो पारिवारिक सम्बन्ध भएको बताउनुभयो ।