• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

टोटेनहमले ब्राइटनलाई हरायो, न्युक्यासलद्वारा ब्रेन्टफोर्ड पराजित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले ब्राइटनलाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलको १० औं मिनेटमा नै सन हेउंग मिनको गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिएको थियो । ३४ औं मिनेटमा लेवीस डंकले गोल गर्दै ब्राइटनलाई १–१ को बराबरीमा ल्याए । ७९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई जित दिलाए ।

यो नतिजासँगै टोटेनहम ३० खेलबाट ५३ अंकका साथ पाँचौं तथा २८ खेलबाट ४६ अंकका साथ ब्राइटन सातौं स्थानमा रहेका छन् ।

यस्तै शनिबार राति नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले ब्रेन्टफोर्डलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको छ ।

खेलको पहिलो हाफको इन्जुरी समयमा इभान टोनीले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोली ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा ब्रेन्टफोर्डका डेभिड रायाले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा आयो । यस्तै ६१ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै न्युक्यासललाई जित दिलाए ।

जितसँगै न्युक्यासल २९ खेलबाट ५६ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । पराजित ब्रेन्टफोर्ड ३० खेलबाट ४३ अंकका साथ नवौं स्थानमा छ ।