२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदविरुद्ध प्रदर्शन गर्ने चार युवा पक्राउ



अ+ अ-

खोटाङ । कोशी प्रदेशको पक्षमा मतदान गर्ने खोटाङ प्रदेशसभा–१ बाट निर्वाचित प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’विरुद्ध प्रदर्शन गर्ने चार युवा पक्राउ परेका छन् ।

कोशी प्रदेश नामकरणका पक्षमा मतदान गरेको भन्दै नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्य राईविरुद्ध आज दिक्तेलमा प्रदर्शनमा उत्रिएका किराँत राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किराँत, सहकोषाध्यक्ष डार्विन राई, यायोक्खा दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीका पूर्वउपाध्यक्ष सप्तमणि राई र जनता समाजवादी पार्टी (जसपा) खोटाङका सचिव सुनिल चाम्लिङ पक्राउ परेका हुन् ।

जिल्ला समन्वय समिति खोटाङको सातौँ जिल्लासभा सञ्चालन भइरहेकको समयमा किराँत राई यायोक्खाका अध्यक्ष किराँतले कार्यक्रम सञ्चालकसँग समय मागेर आफ्नो धारणा राखेपछि नाराबाजी गर्दै कालो झन्डा देखाइएको थियो । विरोधमा उत्रिएका समूहले प्रदेशसभा सदस्य राईलाई कालोमोसो दल्ने प्रयाससमेत गरेका थिए ।

यायोक्खाका अध्यक्ष किराँतबाहेक अन्य तीन जनालाई भने हत्कडी लगाएर जिल्ला प्रहरी कार्यालय लगिएको थियो । कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद तथा मन्त्रीलाई जिल्ला प्रवेश नगर्न आह्वान गरिएको तर, त्यसविपरीत गरिएकाले विरोध गरिएको यायोक्खाका अध्यक्ष किराँतले बताएका छन् ।

विरोधमा उत्रिएका समूहले नेपाली कांग्रेस प्रदेश महामन्त्री एवं प्रदेशसभा सदस्य खोटाङ क्षेत्र नं २ ९१०बाट निर्वाचित प्रदेश सांसद भूपेन्द्र राईविरुद्ध पनि नाराबाजी गरेका थिए । कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०का पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सांसद रामकुमार राई ‘पासाङ’प्रमुख अतिथि रहनुभएको थियो ।

सम्भावित दुर्घटनालाई ध्यान दिएर प्रशासनले जिल्लासभा आसपासमा प्रहरी परिचालन गरेको थियो । पक्राउ परेका चार जनासँगै नागरिक समाजका अगुवा सूर्यबहादुर राई, जसपाका प्रदेश समिति सदस्य नवीन राई, जसपाका जिल्ला अध्यक्ष पिके खम्बू, आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पा र जनजाति महासङ्घ निकट युवा सङ्गठनका अध्यक्ष धनीराम नछुङ जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।

पक्राउ परेका चार युवा नछुटेसम्म जिल्ला प्रहरी कार्यालयबाट बाहिर ननिस्कने नागरिक समाजका अगुवा राईले बताउनुभएको छ । यायोक्खाले चैत २० गते प्रेस विज्ञप्तिमार्फत कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद एवं मन्त्रीलाई जिल्लामा हुने कुनै पनि कार्यक्रममा अतिथिका रूपमा नल्याउन आग्रह गरेको थियो । रासस