१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

देश आर्थिक संकटमा धकेलिँदै जाँदा पनि प्रधानमन्त्रीबाट ‘कमिटमेन्ट’को वर्षामात्रै भयोः ओली

देश आर्थिक संकटमा धकेलिँदै जाँदा पनि प्रधानमन्त्रीबाट ‘कमिटमेन्ट’को वर्षामात्रै भयोः ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले ‘कमिटमेन्ट’को मात्रै वर्षा गर्ने गरेको टिप्पणी गर्नु भएको छ ।

अध्यक्ष ओलीले मुलुक आर्थिक संकटमा धकेलिँदै गईरहेका बेला पनि प्रधानमन्त्री दाहालले भने ढुक्क, आराम, आनन्द र प्रशन्न चित्तमा ‘कमिटमेन्ट’को वर्षामात्रै गर्ने गरेको बताउनु भएको हो ।

शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै उहाँले विज्ञहरुले समेत मुलुकमा रेमिट्यान्सबाट कर्मचारीलाई तलव खुवाउन पर्ने स्थिति आएको भनिरहेको बेला पनि सरकार र प्रधानमन्त्री दाहालले भने राम्रो छ भनेर बसिरहेको बताउनु भयो । बैंकले पैसा दिन नसक्ने अवस्था आएका बेला पनि प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र राम्रो छ भनेर आश्वासन दिन पछि नपरेको भन्दै ओलीले असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।

उहाँले मुलुकलाई आर्थिक संकटबाट जोगाउने काम सहकारीले मात्रै गर्न सक्ने भन्दै त्यस क्षेत्रलाई बदनाम हुन नदिन पनि सहकारी अभियन्ताहरुलाई सचेत गराउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अहिलेको त खाली गरिवहरुका लागि मात्रै होइन कि हुनेहरुका लागि पनि तरलताको कमी, पैसा छैन, बैंकले दिन सक्दैन आदि खालका कुराहरुले देशलाई आर्थिक संकटतर्फ धकेल्दैछ । र, रेमिटयान्सबाट कर्मचारीलाई तनाखा खुवाउनुपर्ने स्थिति आएको छ भनेर विभिन्न विज्ञहरुले भनिराखेका छन ।

विभिन्न पत्रपत्रिकामा छापिईराखेको छ । सरकार मात्रै ढुक्क छ । अरु कोही ढुक्क छैन । तर, मजाको कुरा के छ भने सरकार ढुक्क छ । भन्छ–अर्थतन्त्र राम्रो छ, केही हुँदैन । प्रधानमन्त्रीज्यू तपाईहरुको बीचमा पनि आएर बोल्नु भयो होला । ढुक्क, आराम, आनन्द, प्रशन्न चित्त हुनुहुन्छ उहाँ । केही पनि छैन । भन्नु पर्दा पनि उहाँले केही बाँकि राख्नु हुन्न । तारा झारदेउन भन्यो भने त्यो तारा मात्रै होइन, जून पनि झारि दिउला भन्नु हुन्छ । कमिटमेन्टका लागि कुने खडेरी पर्दैन । कमिटमेन्टको वर्षा हुन्छ ।

तर तपाईहरुले अर्थतन्त्र देख्नु भएको छ । र, म तपाई सहकारी अभियन्ताहरुलाई, सहकारीका कार्यकर्ताहरुलाई भन्नु चाहन्छु–अहिले सहकारी जति मात्रामा बदनाम भएको छ । त्यो बदनाम हुन नपाओस् भन्ने कुरामा पनि तपाईहरुको ध्यान जानु पर्छ । सहकारी बद्नाम हुन नपाओस् । किनभने मान्छेको सहकारीमाथिको विश्वास धर्मरायो भने सहकारीमा कसरी जाने ? हाम्रो जस्तो देश, यसका केही विशेषताहरु छन । हामीसँग जमिन सरकारको छैन । जमिन व्यक्तिको छ । निजी पूँजी छ । त्यसकारणले सरकारले चाहेको काम गर्न सक्दैन । अरु देशहरुमा सरकारले चाहेको काम गर्न सक्छ । तर यहाँ त सरकारले जमिन प्राप्त गर्न सक्दैन । यस्तो खालको स्थिति छ ।’

अध्यक्ष ओलीले सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै अघि बढन सरकारलाई सुझाव दिनु भयो । एकाध सहकारी देखाएर विरोध गर्ने भन्दा पनि सहकारीको संरक्षण र प्रोत्साहित गर्दै मुलुकलाई आर्थिक संकटबाट जोगाउन सरकारले ध्यान दिनुपर्ने उहाँको भनाई थियो । ओलीले यतिबेलाको अर्थतन्त्रको स्थितिलाई सुधार्न सहकारीलाई प्रोत्साहित र अझ सुदृढ बनाउनुको विकल्प नरहेको बताउनु भयो । ओलीले अनाआवश्यक खालको खर्च काटेर सहकारीलाई सबल बनाउनेतर्फ सरकार लाग्नुपर्ने पनि पटकपटक दोहो¥याउनु भयो।

उहाँले भन्नु भयो, ‘अहिलेको अवस्थामा, यतिबेलाको अवस्थामा, खासमा यतिबेलाको अर्थतन्त्रको स्थिति, आर्थिक अवस्थाको स्थितिमा भन्ने हो भने सहकारीलाई प्रोत्साहित गर्दैनौं, सहकारी अभियानलाई अझ सुदृढ ढंगले अगाडि बढाउँदैनौं । र, अनाआवश्यक खालको खर्च काटेर सहकारीलाई सबल बनाउने तर्फ हामी प्रवाह गर्दैनौं भने बगिराखेको छ पानी, खेतमा फर्कादैनौं भने कसरी उत्पादन हुन्छ ? त्यसकारण यतिबेला उत्पादनमूलक काममा लगाउने भने, प्रोडक्टिभ काममा लगाउने भनेको मुख्य रुपमा चाँही सहकारीतर्फ खोलाको पानीलाई खेतमा इरिगेशन गरेजस्तै हो ।

यसमा कमी छन भने तरिका निकालौं । तर, सहकारीको विरोध गरेको छ । सझ न बुझ जस्तो विरोध गरेको छ । एकाधलाई दृष्टान्त बनाएको छ । एउटा चामलमा कतै कालो देखियो भने कालो, कालो, कालो भन्या छ । सबै हल्ला ग¥या छ । ताकि सेतै छ । सबै सहकारी बिग्रेको छ र ? अनि, एउटा कुने बिग्रियो भने त्यसलाई देखाएर ल हेर सहकारी भनिएको छ । त्यो गर्ने होइन । सहकारीलाई अगाडि बढाउन सरकारले ध्यान दिनु पर्छ । सरकारीको संरक्षण गर्न, प्रमोशन गर्न ।’

अध्यक्ष ओलीले आर्थिक संकटको बेला सहकारीलाई विरोध गर्न नहुने तर्क समेत गर्नु भयो ।