२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम पूर्वानुमानः यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरै स्थानहरुमा हल्का र मध्यम वर्षाका साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । 

महाशाखाले भारी वर्षको सम्भावना रहेका उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो र गेग्रान बहाव जोखिम रहेकोले नदीनाला, खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

देशभर मनसुनी वायुको प्रभाव रहेको र देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकाले देशभर नै बदली रहने महाशाखाले जनाएको छ । 
 हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश न २ र  वाग्मती प्रदेशका एकरदुई स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।