२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

मेलम्चीमा राहतको नाममा यस्तो रमिता !

मेलम्चीमा राहतको नाममा यस्तो रमिता !
अ अ+ अ-

"एकलट राहत दिइसकेपछि पीडा भरिएका ती मुहारतिर क्यामेरा नतेर्साइदिए हुन्न ? "

मेलम्चीमा राहातका नाममा रमिता छ अहिले । एकथरि मानिसहरु राहात बाँड्ने नाउँमा हेलिकोप्टर चढेर त्यहाँ पुगेका छन् र रमिता देखाइरहेका छन् । यसो हेर्दा लाग्छ त्यहाँ बाढी पर्यटन मेला लाग्दैछ । 

यसो भन्दा यी अक्षरहरु पनि संवेदनाहिन हुन सक्लान, तर तीतो यथार्थ यही छ यहाँ । बाढीले बजार बगाएपछि नथामिएको आँशु केही थान मास्क र चाउचाउले रोक्न सकेको छैन, तर हेलिकोप्टरहरु उडिरहेकै छन् । त्यसैमा चंगा भएका छन् पीडितका मनहरु पनि । र लाग्छ, रातमा बाढी र दिनमा हेलिकोप्टरको त्रासमा छन् मेलम्चीबासी ।

“हाम्रो पीडा हाम्रो ठाउँमा छ तर यो नाटक किन ? सहयोग गर्न आको कि बाढी पर्यटन हेर्न आको ? १० थान पी फोम, १९ बाकस चाउचाउ, २ पकेट पियुस, ३ पकेट जीवनजल र ३ पकेट मास्कको पैसा कति र हेलिकप्टर भाडा कति होला ?”यस्तै यस्तै गुनासा छन् यहाँका स्थानीयका । 

असार १ गते सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले क्षति पुगेको स्थानमा बिपत पर्यटनहरु बढ्न थालेको छन् । प्रकृतिले दिएको पीड भुल्न खोज्दा खोज्दै राहतका नाममा पुग्ने बिभिन्न ब्यक्ति तथा समूहले दिएको दिक्दारी कति सहनु ? 

लाग्छ कतिपय सहयोगको नाममा हाम्रो आलो घाउमा नुन चुक छर्किने काम भएको छ । बरु यस्तो सहयोग रोकिदिए हुन्थ्यो, हामीसँग तस्बिर नखिचिदिए हुन्थ्यो, हामीलाई एकान्त नै ठिक थियो भन्छन् स्थानीय । 

बाढीपहिरोले तटीय क्षेत्रका बजार, बस्ती खेतका फाँट र थुप्रै व्यवसायी फर्म छिनभरमै खण्डहर मात्रै बनाएन मेलम्ची वजार छिन भरमै बगरमा परिणत भयो । स्थानियको खुसी छिनभरमा खोसियो । ठूलो बर्षात् विना नै आएको बाढी पहिरोले सुन्दर नगरी मेलम्ची र हेलम्बु क्षणभरमै खण्डहर बनाइदिएको हप्ता दिन पुग्न लागिसक्यो । 

मेलम्ची हेलम्बु र पाँचपोखरीमा जुन किसिमको विनास भयो आजसम्म यो सामाजिक सञ्जालमा एक शब्द राख्ने हिम्मत गर्न सकेको छैन । एउटा भनाइ छ नि– पीडा धेरै भयो भने आँशु पनि झर्दैन , त्यस्तै भएको छ ।  

 लगभग पीडा सबैको एउटै हो । नापिनसक्नुका छन् सबैका पीडाहरु । र भन्छन्– दुःखमा अरु कोही नभए नि भगवान हुन्छन् भन्थे तर होइन रछ ।  

असार १ गते जसरी बाढीपहिरोले मेलम्चीबासीलाई आक्रमण गर्यो त्यसपछि देश तथा विदेशमा रहेकाहरुले राहत लैजाने कार्य सुरु भयो । मानिसहरुले राहात सामाग्रीलाई राजनीतिक एजेन्डा नै बनाए । केही दिन अगाडी एमाले निकट अनेरास्ववियुको टोलीले आफनो पार्टीको ब्यानर राखेर राहत वितरण गरेको भन्दै केही तनाबको अबस्था समेत सृजना भयो ।

काठमाडौं लगायत मुलुकका विभिन्न स्थानबाट आजसम्म पनि राहत लैजाने क्रम जारी नै छ । राहत लैजाने बहानमा मेलम्चीमा यस्ता दृश्य पनि देखिन्थे कि मानवीय संकटमा कति धेरै मजाक भै रहेको छ ।

एक गाडी सामान लाने क्रममा ५ देखि ७ वटा भन्दा बढी नीजि सवारी साधन प्रयोग गरेर पीडितको पीडा भन्दा पनि उजाड मेलम्चीमा रमाउन र मोबाइलमा सेल्फि खिच्न ब्यस्त देखिन्थे । तर पीडितहरु भने आफनो करोडौंको बासस्थान आँखै अगाडी बाढीले लैजादै गरेको हेर्नु शिवाय अन्य उपाय केही थिएन ।

बाढी पीडितहरुका लागि सहयोग गर्ने नाममा केही राजनीतिक दल के संघसंस्था प्राय अधिकांसलाई सामाजिक सञ्जालमा आफनो प्रचारप्रसारमा नै बढी केन्द्रीत भएको देखिन्थे । 


काठमाडौंदेखि सुरु भएको उनिहरुको सेल्फी यात्रा पुनः काठमाडौं नआउन्जेल त्यो क्रम रोकिएको देखिएन । राहात लिएर जाने क्रममा १ गाडीमा खाद्यन्न सामाग्री देखिन्थ्यो भने ५ देखि ७ वटासम्म नीजि सवारी साधनको लस्कर देखिन्थो । 

यो हेर्दा लाग्थ्यो कि उनीहरु कुनै जात्रा वा मेला पर्व हेर्न आएका छन् । उनीहरु त्यहाँ पुगेपछि पीडाको पालमा बास बसेका केटाकेटी यसरी झुम्मिन्थे कि त्यहाँ कुनै फिल्म सुटिङ हुँदै थियो । अनि हातमा एक दुई प्याकेट चाउ चाउ र विस्कुट लिएर फर्किन्थे । 

म मेलम्चीकै स्थानीबासी भएका कारण पनि बाढीपहिरो गएपछि ५ दिन निरन्तर हेलम्बु र मेलम्चीमा बसेँ । अझै भनौं राजनीतिक दलका कार्यकर्ता जुन किसिमले पार्टीभक्त देखिन्थे त्यसले समग्र मेलम्चीबासीको संवेदनामा खेलेको जस्तो देखिन्थ्यो । उनीहरुका शब्दले त मिल्नेजति भनेकै थियो त्यो भन्दा पनि बढी हाउभाउले भन्थ्यो कि ‘मेरो नेताले जति त कसैले नि गरेको छैन तिमीहरुको नेता भन्दा त हाम्रो नेता बढी पावरफुल र बाढी पीडितहरुको उद्धारमा खटिएको छ । 

जनताका मनमा गहिरो घाउ छ । उनीअरु प्रकृतिले व्यवहारबाटै अवाक थिए । अनि मानिसको सहगोगको र त्योभन्दा पनि यी रवाफको के आशा थियो र ? तर कार्यकर्ताको अहमता सुनेरै र सहेरै बस्नुपरेको छ । 
त्यति मात्रै होइन नेताहरुको चाकडी गरेर नेताकै गाडीमा र राहात वितरण गर्ने निउमा हेलिकप्टरमा चढेर सामाजिक सञ्जालमा फोटो राख्ने उनीहरुको ध्येय थियो ।  राहातमा रमिता देखाउँदै पहुँच प्रदर्शन गर्ने काम गरिरहेका छन् । 
सामाजिक अभियान्ता र यूटुबे पत्रकारहरुको आतंक फेरि छँदै छ । तिनका विगविगिले पीडितहरु माथि थप पीडा वोध भएको मलाई भान हुन्थ्यो । आफु लोकप्रिय बन्न बडेमानका क्यामेरा पीडितमाथि राखेर आँशुसँग खेलेको देखेर लाग्थ्यो वास्तवमा समाजमा वास्ताविक समाजसेवी र राजनीतिकमी रहेनछन ।

तर म पनि विवसमा थिएँ । मेरो केही दिनको मेलम्ची बसाइमा देखेका र भोगेका दृश्यहरु मैले टुलुटुलु हेर्नुबाहेक मसँग पनि खासै केही थिएन । तर म यत्ति भन्न चाहिँ सक्छु कि स्वाभिमानी मेलम्चीबासीमाथि स्वस्फूर्त रुपमा सहयोग गर्नका लागि सदैव खुल्ला छ । सच्चा मन र मायाले दिएको एकमुठी चिउरा पनि यहाँका स्थानीय स्वीकार नै गर्छन् । 

यो महामारीमा त्यसमाथिको प्राकृतिक प्रकोपले समेत पीडा थपिदिएको कर्मठ मेलम्चीबासीका घाउमा हेलिकोप्टरमा नुन लगेर छर्ने काम गर्न कसैलाई छुट छैन । समाज सेवाका कुरुप रुपहरु देखाउने प्रदर्शनीस्थल यो होइन । यो त सकिन्छ भने आँशु पुछ्ने ठाउँ हो । 

फोटो –प्रदीपराज वन्त