दक्षिण अमेरिकाको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिकामा अर्जेन्टिनाले पाराग्वेलाई पराजित गरेर महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।
नेपाली समय अनुसार मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई संघर्षपूर्ण खेलमा १–० गोल अन्तरले पराजित गरेको छ । अर्जेन्टिनाका लागि अलेजान्द्रो गोमेजले खेलको १०औं मिनेटमा गोल गरेका थिए ।
लियोनेल मेस्सी, सर्जियो अग्वेरो, डि मारिया जस्ता विश्वस्तरीय फरवार्डले सुसज्जित अर्जेन्टिनी टोलीले दक्षिण अमेरिकी अन्य टोलीसँग जितका लागि संघर्ष गर्नु परिरहेको छ ।
अर्जेन्टिनाले समूह चरणमा खेलेका तीन खेलमा दुई जित र एक बराबरी गरेर ७ अंक बनाएको छ । तीन खेलमा अर्जेन्टिनाले तीन गोल मात्र गरेको छ ।
तीन खेल खेलेको चिलीको ५ अंक छ । चिली समूहमा दोस्रो स्थानमा छ । तर दुई खेल मात्र खेलेको पाराग्वे ३ अंक सहित तेस्रो स्थानमा छ ।
अंक तालिका ( समूह ए ) | ||
देश | खेल संख्या | अंक |
अर्जेन्टिना | ३ | ७ |
चिली | ३ | ५ |
पाराग्वे | २ | ३ |
उरूग्वे | २ | १ |
बोलिभिया | २ | ० |
अब बिहीबार ब्राजिल र कोलम्बिया तथा इक्वेडर र पेरुबीच खेल हुनेछ ।