२८ आश्विन २०८१, सोमबार
,
Latest
घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा निषेधाज्ञा केही खुकुलो



अ+ अ-

बागलुङ । खुकुलो प्रावधानसहित यहाँ एक हप्ता निषेधाज्ञा थप गरिएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा आज मध्यरातपछि सकिँदै छ ।सोमाबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यही असार १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसपालि निषेधाज्ञाको स्वरूप बदलिएको छ । पसल, व्यवसाय मध्याह्न १२ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । होटल, रेष्टुराँ, चिया तथा खाजा पसलले मध्याह्न १२ बजेसम्म ‘टेक अवे’, ‘होम डेलिभरी’ र ‘अनलाइन डेलीभरी’मार्फत सेवा प्रदान गर्न पाउने भएका छन् ।

‘पार्टी प्यालेस’, सौन्दर्य व्यवसाय, सैलुन, जिमखाना, खेलकूदस्थल, सिनेमा घर आदि भने सञ्चालन गर्न नपाइने भएको छ । सहकारी, बैंक तथा वित्तीय संस्थाले बिहान ९ देखि १२ बजेसम्म नियमित सेवा दिनेछन् । यस्तै जोर–बिजोर प्रणाली अपनाएर निजी सवारी साधन चलाउन दिने निर्णय गरिएको केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । चार पाङ्ग्रे निजी सवारी साधनमा चालकसहित बढीमा चार जना मात्र यात्रु राख्न पाइनेछ ।

मानिस भेला हुने र भीडभाड हुनेजस्ता सबै कार्यक्रममा भने रोक लगाइएको छ । अत्यावश्यक काम नपरी घर बाहिर हिँडडुल नगर्न र जानै परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरूपमा अपनाउन जनसाधारणमा आग्रह गरिएको छ । जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । रासस