२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वाेच्चमा एमालेले दिएको भ्याकेट माथि सुनुवाई हुँदै



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका सांसदलाई गरिएको कारबाही बदर गर्ने क्रममा सर्बोच्च अदालतले नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई बैधानिकता नदिएपछि त्यस बिरुद्ध दिइएको भ्याकेटको निवेदनमाथि  सुनुवाई हुँदैछ । 

न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासमा सुनुवाई हुनु लागेको हो । एमाले अध्यक्ष केपी ओलीका तर्फबाट पेश भएको भ्याकेटको निवेदनमा नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने निर्णय आदेशको खारेजीको माग गरिएको छ । 

पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले कर्णाली प्रदेशका चार सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई सांसदबाट हटाउँदै पार्टीबाट कारबाही गरेको थियो ।

तर सर्वाेच्च अदालतले एमालेकाे महाधिवेशन आयोजक समितिले गरेकाे कारबाहीलाइ खारेज गरी उनीहरूलाइ पुनर्वहाली गरिदिएकाे थियाे ।