२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोकियासँगको सहकार्यमा सुबिसुको ‘ब्रोडव्याण्ड’



अ+ अ-

काठमाडौं । ‘नोकिया’सँगको सहकार्यमा इन्टरनेट सेवा प्रदायक सुबिसु नेट प्रालि ले ४०० जीबिपिएस क्षमताको सिंगल अप्टिकल फाईबर सोलुशन बिस्तार गरेको छ ।

कम्पनीका अनुसार देशभरी बढ्दो ब्रोडब्याण्ड ईन्टरनेटको मागलाई सम्बोधन गर्न र उच्च गतिको ब्रोडब्याण्ड तथा गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्न नोकियाले अत्याधुनिक सोलुसन उपलव्ध गराएको हो। सुबिसुको ब्रोडब्याण्ड पूर्व पश्चिम १५०० किलोमिटर फैलिएको छ । 

कम्पनीका रिटेल तथा कर्पोरेट ग्राहकलाई उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्न नोकियाले नेपालमा नै पहिलो पटक ४०० जीबिपिएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन उपलब्ध गराएको हो ।

कम्पनीले जनाए अनुसार ४०० जीबीपिएस सिंगल फाइबरयुक्त ‘नोकिया १८३०’ फोटोनिक सर्भिस स्विच प्लेटफार्म अफरिङ्ग  फोटोनिक सर्भिस ईन्जिन गरी दुई दिशात्मक वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिसँग दशैभर जडान गरिएको छ । यस समाधानले कम्पनीले सिङ्गल फाइवरको माध्यमबाट पनि ‘मल्टि टेराविट’ क्षमताको नेटवर्क सजिलै उपलब्ध गराउन सक्ने कम्पनीले जनएको छ ।