२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले जोड्ने भीम आचार्यका ६ शुत्र



अ+ अ-

काठमाडौ। नेकपा एमालेका सचिव भीम आचार्यले अहंकार, हिनताबोध त्याग्दै एकताका लागि हात बढाउन नेतृत्वलाई आग्रह गर्नुभएको छ । नेता आचार्यले एकताका लागि गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरु खारेज गर्नुपर्ने माग र्नुभएको छ । ६ बुँदे सुझाब दिदै आचार्यले पार्टी भित्र का गुटहरुको टकरावका कारण यो अबसथा आएको जनाउनु भएको छ । उहाँले दिनु भएको सुझाब यस प्रकार रहेको छ ।  

१) पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्बाचित गरेको केन्द्रिय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा बैधानिक प्रकृयाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठन हरु तुरुन्तै विनासर्त सुचारु गरिनुपर्छ। सार्बभौम सदस्यहरुबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।

२) गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरु खारेज गरिनुपर्छ र गरिएका सबै कामहरु अबैध घोषणा गर्नु पर्दछ ।

३) पार्टी भित्र का गुटहरुको टकरावका कारण यसबिच भयका द्वन्द्व र कामहरुको उपर्युक्त समयमा समिक्षा गर्दै भएका कमि कमजोरीहरु सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आबश्यक छ ।

४) आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौती हरुको एकतावद्ध भएर सामना गर्नु पर्दछ ।

५) पार्टी लाई बिधि९बिधान र स्थापित मान्यता हरु को आधारमा संचालन गर्नु पर्दछ ।

६) नेतृत्व ले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमता का साथ पार्टी लाई एकतावद्ध बनाउने र सबै बामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरुसंग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर क्रान्ति का उपलब्धिहरु रक्षा गर्दै बिकास र समृद्धिको बाटोमा अघि बढनु पर्दछ ।