२२ असार २०८३, सोमबार
,
Latest
एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत काठमाडौंमा दलाई लामाको जन्मदिन यसरी मनाइयो- फोटो फिचर तिब्बती धर्मगुरु दलाइ लामाको ९१ औं जन्मदिन मनाइयो रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पा नगरपालिका अस्पताललाई जेनेरेटर सहयोग



अ+ अ-

रोल्पा । रोल्पा नगरपालिकाले जिल्ला अस्पताल रोल्पालाई एउटा जेनेरेटर सहयोग छ । विद्युत्को अभावमा जटिल प्रकारका शल्यक्रिया गर्न समस्या हुने गरेको प्राप्त सूचनाका आधारमा नगरपालिकाले एक सय केभीए क्षमताको एउटा जेनेरेटर उपलब्ध गराएको हो । 

वैकल्पिक विद्युतीय स्रोत नहुँदा अस्पतालका चिकित्सकले टर्चलाइट वालेर प्रसूतिको जटिल प्रकारका शल्यक्रिया गर्दै आएको थियो । नेपाल विद्युत् प्राधिकरणको लमही वितरण केन्द्रअन्तर्गत झिम्रुक जलविद्युत्बाट उपलव्ध हुने विद्युत्कोे अनियमितताले अस्पतालको शल्यक्रियालगायत अन्य नियमित काममा समेत कठिनाई हुँदै आएको थियो । अस्पतालको विकास र सुदृढीकरणका लागि नगरपालिकाले विशेष ध्यान दिएको नगरप्रमुख पूर्ण केसीले जानकारी दिनुभयो । 

“अस्पतालाई सुधार गर्न विभिन्न पहल गरेका छौं”, उहाँले भन्नुभयो, “जनशक्तिको समस्या झैल्दै आएका अस्पताललाई नगरपालिकाले तीन जना स्वास्थ्यकर्मीसमेत उपलव्ध गराएको छ ।” विभिन्न स्वास्थ्य सामग्री खरिदका लागि पनि नगरपालिकाले अस्पताललाई सहयोग गर्दै आएको नगरप्रमुख केसीको भनाइ छ  ।

“आन्तरिक श्रोत अत्यन्त न्यून रहेको अस्पताललाई नगरपालिकाले गरेको सहयोग अतुलनीय छ”, अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले भन्नुभयो, “विद्युत्को अभावमा शल्यक्रिया सेवा समेत रोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।” रासस




भर्खरै