२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्री लुटेर भाग्दै गर्दा प्रहरीको फन्दामा



अ+ अ-

काठमाडौं । सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर बस्ने धादिङ घर भएका २४ वर्षीय रवि परियार रहेका छन् । 

काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित सडकमा हिँडिरहेकी काठमाडौं म्हेपी बस्ने गोरखा धार्चे गाउँपालिका–५ घर भएकी ५० वर्षीया महिलाले घाँटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटिएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले परियारलाई बसपार्कस्थित बिष्णुमती खोला छेउमा फेला पारी सिक्री सहित पक्राउ गरेको हो।