५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले कोशी नामकरणपछिको आन्दोलनबारे प्रदेशसँग वार्ता गरी सहजीकरण गर्ने



अ+ अ-

काठमाडौं । सरकारले कोशीमा पहिचानवादीको आन्दोलन र विरोधको विषयमा प्रदेशसँग वार्ता गरी सहजीकरण गर्ने भएको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोशी नामकरणपछिको आन्दोलनबारे प्रदेशसँग वार्ता गरेर अघि बढ्न सहजीकरण गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘नामाकरणसम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ’, सञ्चारमन्त्री शर्माले भनिन् ।

यस्तै, आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बूलाई शहीद घोषणा गर्ने र परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको पनि मन्त्री शर्माले बताएकी छन् ।

यसअघि सरकारको नेतृत्व गरिरहेको माओवादीको पदाधिकारी बैठकले यसबारेमा पहिचानकै पक्षमा उभिने निर्णय गरिसकेको छ ।