२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले कोशी नामकरणपछिको आन्दोलनबारे प्रदेशसँग वार्ता गरी सहजीकरण गर्ने



अ+ अ-

काठमाडौं । सरकारले कोशीमा पहिचानवादीको आन्दोलन र विरोधको विषयमा प्रदेशसँग वार्ता गरी सहजीकरण गर्ने भएको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोशी नामकरणपछिको आन्दोलनबारे प्रदेशसँग वार्ता गरेर अघि बढ्न सहजीकरण गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘नामाकरणसम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ’, सञ्चारमन्त्री शर्माले भनिन् ।

यस्तै, आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बूलाई शहीद घोषणा गर्ने र परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको पनि मन्त्री शर्माले बताएकी छन् ।

यसअघि सरकारको नेतृत्व गरिरहेको माओवादीको पदाधिकारी बैठकले यसबारेमा पहिचानकै पक्षमा उभिने निर्णय गरिसकेको छ ।