२२ असार २०८३, सोमबार
,
Latest
सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ लाख नागरिकलाई कोभिसिल्डको दोस्रो डोज तत्काल देउः सर्वोच्च



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले सरकारका नाममा ६५ वर्षभन्दा माथिल्लो उमेर समूहका नागरिकलाई तत्काल कोभिड-१९ विरुद्धको कोभिसिल्डको दोस्रो डोज खोप लगाउन अन्तरिम आदेश जारी गरेको छ ।

अघिल्लो वर्ष कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई ढिलाइ भएको भन्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले उक्त आदेश दिएको हो । अदालतले यथाशिघ्र खोपको व्यवस्था गर्न समेत भनेको छ ।

विज्ञहरुले पहिलो डोज लगाएको ८ देखि १२ सातासम्म खोप लगाउन सकिने बताएका छन् । नेपालमा ६५ वर्ष माथिका १३ लाख भन्दा बढीले पहिलो डोज खोप लगाइसकेको तथ्यांक छ ।

भारतीय कम्पनी सिरम इन्स्टिच्युटले अग्रिम भुक्तानी लिएर पनि अस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराउन सकेको छैन । उसले अझै १० लाख अस्ट्राजेनेका खोप उपलब्ध गराउन बाँकी नै रहेको छ । 

 




सम्बन्धित समाचार
भर्खरै