२८ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको तेस्रो लहर आउनुभन्दा पहिले नै ‘आरआरआर’को सुटिङ सकाइने



अ+ अ-

एजेन्सी । बाहुबली फेम निर्देशक एसएस राजामौलीको वर्षकै बहुप्रतिक्षित फिल्ममध्ये एक 'आरआरआर'को सुटिङ सुचारु गरिने भएको छ । 

कोरोना भाइरसको दोस्रो लहरका कारण रोकिएको फिल्मको सुटिङ रोकिन पुगेको थियो  । अब फिल्मको लगातार शेड्युल बनाई सुटिङ पूरा गरिने भएको छ । पहिलो गीतहरुको सुटिङ थालिनेछ भने त्यसपछि मुख्य दृश्यहरुलाई खिचिने बताइएको छ । 

आउँदो जुलाई अगस्टमा भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने अनुमान गरिएको छ । यसलाई मध्येनजर गर्दै निर्माण टिमले फिल्मलाई छिटो भन्दा छिटो सकाउन चाहेका छन् । 

राम चरण र जुनियर एनटिआरको अभिनय रहेको यस फिल्ममा बलिउड अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्टले साउथमा यसै फिल्मबाट डेब्यु गर्दैछन् ।  करिब ३२५ करोड बजेट रहेको यस फिल्मलाई अवस्था सामान्य भएका अक्टुबरमा रिलिज गरिनेछ ।