६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी पारित गर्न नाफाघाटा हेर्नुहुन्न– प्रधानमन्त्री देउवा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्ने सम्बन्धमा कुनै नाफाघाटा हेर्न नहुने बताउनुभएको छ । नेपाली कांग्रेस संसदीय दलको मङ्गलबार बसेको बैठकमा सो पार्टीका सभापति देउवाले नेपाली कांग्रेस जिम्मेवार राजनीतिक दल हो भन्दै यस्तो अवस्थामा जिम्मेवार राजनीतिक दलले क्षणिक लाभ वा हानिलाई आधार बनाएर एमसीसी सन्दर्भमा धारणा बनाउन नहुने बताउनुभयो ।

एमसीसीबारे कम्युनिष्ट पार्टीहरुले दोहोरो चरित्र देखाएको भन्दै उनीहरुले सत्तामा रहँदा एउटा कुरा गर्ने र सत्ताबाहिर भएपछि अर्कै कुरा गरेको बताउनुभयो । नेपाली कांग्रेस जतिको प्रष्ट धारणा राख्ने पार्टी नेपालमै नभएको उल्लेख गर्दै उहाँले एमसीसीबारे नेपाली कांग्रेसको धारणा हिजो जे थियो आज पनि त्यही रहेको स्पष्ट गर्नुभयो ।

एमसीसी पारित गर्न षड्यन्त्र भएको भन्ने एमालेको भनाइप्रति उहाँले नेकपाको सरकार हुँदा केपी शर्मा ओली आफैँले एमसीसी प्रस्ताव संसद्मा ल्याएकाले कसरी षड्यन्त्र हुन्छ भन्नुभयो । एमसीसी पारित गर्न एमालेले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री देउवाले एमसीसी टेबुल गर्नका लागि आफूले सभामुख अग्निप्रसाद सापकोटासँग कुराकानी गरिसकेको बताउनुभयो ।




भर्खरै