२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघको आक्रमणबाट एक जनाको मृत्यु



अ+ अ-

चितवन । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका-५ मगरटोल बस्ने ३२ वर्षीया गिता अधिकारी रहेकी छन् । 

सोही ठाउँस्थित जनकौली मध्यवर्ती सामुदायिक वन भित्र निउरो टिप्न जाने क्रममा सोमबार दिउँसो बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।