काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको बैठक बोलाउनु भएको छ। मंगलबार प्रधानमन्त्री ओलीले बालुवाटारमा आकस्मिक बैठक बोलाउनु भएको हो ।
आजै कामचलाउ सरकारले निर्वाचन घोषणा पछि मन्त्रिपरिषद विस्तार गरेको भन्दै सर्वोच्च अदालतले मन्त्रिपरिषद् बिस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
मन्त्रिपरिषद बिस्तार विरूद्ध सर्वाेच्च अदालतले दिएकाे फैसलाले राजनीतिलाइ थप जटिल बनाएकाे एमालेका नेताहरूले प्रारम्भिक प्रतिकृया दिएका छन् । तर सरकारमा सहभागी जनता समाजवादी पार्टीकाे महत्व ठाकुर समूहले कुनै प्रतिकृया जनाइ सकेकाे छैन ।